बिर्तामोड। वीरता लेडी जेसीजको २० औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।
  वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीको अध्यक्षता तथा नेपाल जेसीजका निरूपित राष्ट्रिय  कार्यकारीणी उपाध्यक्ष  गणेश सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता गिरीले औचित्यमाथी प्रकाश  पारेकी  थिइन् ।
  कार्यक्रममा  बर्ष उत्कृष्ट जेसी अवार्ड कबिता ओलीलाई  र मानार्थ सदस्यको अवार्ड सुमित्रा भट्टराई, रीमा भट्टराई, मिना घिमिरेलाई ,  उत्कृष्ट पत्रकारिता अवार्ड  सन्तोष शर्मालाई  र  यज्ञ तीर्थ स्मृति उत्कृष्ट सम्मान  शिक्षासेवी निरा प्रधानलाई प्रदान गरिएको थियो। उनीहरुको सम्मान पत्र पूर्व अध्यक्षहरू उर्मिला बिमली खरेल, कञ्चना ढकाल सिटौला,  नैनकला भट्टराईलगायतले बाचन गरेका थिए ।
कार्यक्रममा  अध्यक्ष मेनुका ओलीले  अध्यक्षीय मन्तव्य राख्दै आफूले एक बर्षमा  ५१ वटा  कार्यक्रमहरू गरेको र प्रत्येक महिना इफिसेन्सी अवार्डसहित १४ वटा अवार्ड  प्राप्त  गरेको बताइन् ।
कार्यक्रममा निर्वाचन अधिकृत संगीता गिरीले सन् २०२५ का नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरूको नाम घोषणा गरेकी थिइन्। वीरता लेडी जेसीजको २१ औं साधारण सभा तथा २० औं शाखा अधिवेशनबाट
वीरता लेडी जेसीजको सन् २०२५ को अध्यक्षमा निशा शाक्य , कार्यकारीणी उपाध्यक्षमा मुना  अधिकारी ढुंगेल र चन्द्रकला रिजाल , उपाध्यक्षहरुमा एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना वस्नेत, तारा वस्नेत,  सहसचिवमा दिक्षा कडरिया , जनसम्पर्क अधिकारीमा पार्वता श्रेष्ठ, तालिम संयोजकमा कोपिला पोख्रेल सिटौला  र शाखा सम्पादकमा हेलेन खरेल निर्वाचित भएको घोषणा गरेकी थिइन्।
जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने कार्यसमितिका पदहरु कानूनी सल्लाहाकार, महासचिव र कोषाध्यक्षमासमेत नवनिर्वाचित अध्यक्ष शाक्यले  कानूनी सल्लाहाकारमा अस्मिता राई कुरुङवाङ, महासचिवमा प्रभा रायामाझी  र कोषाध्यक्षमा कविता ओली  र अध्यक्षीय सल्लाहकारमा  झुमा  भट्टराई चुडाललाई मनोनित  गरेकी थिइन्।
सन् २०१९ बाट वीरता लेडी जेसीजमा प्रवेश गरेकी निशाले  आफूलाई सन्  २०२३ की अध्यक्ष संगीता गिरीले वीरता लेडी जेसीजमा डोर्याएको बताउँदै  आफू सन् २०२१ मा अवार्ड संयोजक, सन् २०२२ मा उपाध्यक्ष, सन् २०२३ मा महासचिव, सन् २०२४ मा कार्यकारीणी उपाध्यक्ष र सन् २०२५ मा अध्यक्ष भएको बताइन्।  
कार्यक्रममा वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले  सन् २०२५ की अध्यक्ष  निशा शाक्यलाई शपथ ग्रहण गराएकी थिइन् ।
सन् २०२५ की अध्यक्ष  निशा शाक्यले नवनिर्वाचित वोर्डका पदाधिकारीलाई शपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजका  पूर्व अध्यक्षहरूले सन् २०२४ की अध्यक्ष मेनुका ओलीको गलामा रहेको अध्यक्षीय चेन सन् २०२५ की अध्यक्ष  निशा शाक्यको गलामा पहिल्याई पद हस्तान्तरण गराएका थिए।
कार्यक्रममा  सन् २०२५ की अध्यक्ष  निशा शाक्यले स्विकारोक्ती मन्तव्य राख्दै आफूले आफ्नो कार्यकाल सफल बनाउन लागीपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष शान्ता रोक्का, वीरता जेसीजका अध्यक्ष विकास वस्नेत, वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी वीरता लेडी जेसीज सन् २०२४ की महासचिव मुना अधिकारी ढुंगेल र वीरता लेडी जेसीज सन् २०२५ की महासचिव प्रभा रायमाझीले  गरेका थिए।