बिर्तामोड। कनकाई सुरूङ्गा प्रेस क्लबको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सावित्रा दाहाल भट्टराईले स्वागत तथा औचित्यमाथी प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा  सञ्चारकर्मी अमृत योङहाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष एकराज गिरी,उपाध्यक्ष  सुब्रत न्यौपाने, सचिव  प्रदीप परियार , सहसचिव रमेश तिवारी, सदस्यहरू विनोद पाण्डे , अस्मिता साॅखी , राष्ट्रिय परिषद सदस्य विशाल नेम्बाङ, कोशी प्रदेश परिषद सदस्यहरू तुलसीप्रसाद निरौला ,  रामप्रसाद निरौला, रश्मीशेखर सुवेदी, वेणुप्रसाद अधिकारीसहित पदाधिकारीलाई  सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष निरौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरोका थिए ।
कार्यक्रममा समृद्धीमा सञ्चार विषयक अन्तरक्रिया गरिएको थियो ।  कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष आचार्यले गरेका थिए।
कार्यक्रममा कोटीहोम धार्मिक बिकास संस्थाका अध्यक्ष शेरबहादुर थापा,  नारी सञ्चार गृहकी अध्यक्ष रेजीना रोदन,  नेपाली काँग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, सम्मानित व्यक्तित्व अमृत योङहाङ, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए।
नया नेतृत्व चयन गर्न सल्लाहकार संयोजक सूर्यप्रकाश उप्रेती निर्वाचन अधिकृत, तीर्थराज खरेल, रेजिना रोदन सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
नया निर्बाचित अध्यक्ष लीलाराज झापाली, उपाध्यक्ष संगीता उप्रेती, सिएम शर्मा, सचिव मनोज बस्नेत, सहसचिव  अनुप भण्डारी ,कोषाध्यक्ष चन्द्रकुमार बस्नेत रहेका छन्। त्यस्तै सदस्यहरूमा आईपी भट्टराई, जनक न्यौपाने ,केशव चापागाई, सुस्मा कुमाल, सूर्यप्रकाश अधिकारी रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले नवनिर्वाचित पदाधिकारीलाई शुभकामनासहित मर्यादित पत्रकारिता गर्न आग्रह गरेका थिए भने शेरबहादुर थापा , युवराज चम्लागाई, सूर्यप्रकाश   उप्रेतीलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए  । बन्दसत्रको सञ्चालन तीर्थराज खरेलले गरेका थिए।