बिर्तामोड।  धौलागिरी पारीजात बहुद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक  साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सदस्य माधवप्रसाद आचार्यले स्वागत गरेका थिए।
कार्यक्रममा अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको शेयर  सदस्य  १२ हजार ७ सय २६ जना, शेयर पूॅजी ६ करोड ३६ लाख ६२ हजार २ सय, निक्षेप ३७ करोड  ५ लाख ९० हजार ७ सय ३५  रूपैयाँ ७२  पैसा, ऋण लगानी   ४० करोड १९  लाख ६७ हजार ४ सय २५  रूपैयाँ ३७  पैसा रहेको छ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक दुर्गानारायण चौधरीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा  उत्कृष्ट  कर्मचारी  बालकुमारी खतिवडा रिजाल, सीता नेपाल, खिनादेबी मिश्र दाहाल, सरू कार्कीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी ढकाल,  बिर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका प्रबन्धक बिवेक डाँगी, पत्रकार महासंघ झापा उपाध्यक्ष तथा शिक्षा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने,  साना किसान सहकारी संस्था हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रूद्रमणी श्रेष्ठ लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चालन शिक्षा उपसमिति सदस्य  ज्ञानेन्द्र अधिकारीले गरेको कार्यकारी अधिकृत कृष्ण पौडेलले जानकारी दिए।