बिर्तामोड। प्याब्सन झापाको १४ औं जिल्ला अधिवेशन शुरू भएको छ। प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथी लम्साल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष युवराज बाशिष्ठ , नारायण प्रसाद घिमिरे , केन्द्रीय सचिव हेमन्त कार्की, केन्द्रीय सदस्य तथा प्याब्सन झापाका बरिष्ठ सल्लाहकार एलपी उप्रेती, प्याब्सन कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष सुमित थापा, उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सन मोरङ जिल्ला अध्यक्ष जगत बस्नेत, प्याब्सन ईलामका प्रमुख सल्लाहकार रगुन गुरुङलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अमृतकुमार तिम्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले गरेका थिए। प्याब्सन झापाको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।




















