बिर्तामोड ।  बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा मंगलवारबाट शुरु भएको एपोलो पेन्ट्स  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा शुक्रबार  चर्चित र्यापर लाहुरे र गायिका सहिमा श्रेष्ठले स्टेज तताउने भएका छन् । 

एपोलो पेन्ट्स  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अहिलेका युवा पुस्तामाझ रुचाइएका कलाकारहरुलाई  स्टेजमा उतारिएको  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । नेपाल कै चर्चित र्यापर आशिष राना ‘लाहुरे’ले शुक्रबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने  बताउँदै अध्यक्ष न्यौपानेले लाहुरेका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने जनाए । पोखरा नयाँबजारका लाहुरे  ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए ।  उनी लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनका लाखौं फ्यान छन् । उनी युवा पुस्तामा अति लोकप्रिय छन् ।उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छन् । उनको आफ्नै ताण्डव, बिरामी, ए चुरोट खाउन साउनी लगायत आधा दर्जन गीतहरुमा प्रस्तुति दिने बताइएको छ । त्यस्तै युवा पुस्ताका चर्चित गायिका साहिमा श्रेष्ठले पनि शुक्रबार साँझ   ‘ एपोलो पेन्ट्स   बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा प्रस्तुति दिने भएकी छिन् । चर्चित गायिका सहिमा श्रेष्ठले दर्शन सलाम , तिम्रो डोला डोला हातमा, तिम्रो पिक्चर हिट, हेरेको हेरै, माथी माथी लगायत करिब दर्जन बढी फिल्म तथा एल्बमका गीत प्रस्तुत गर्ने बताइएको छ । अर्घखाची जिल्लाको सन्धिखर्क जन्मथलो भएकी चर्चित गायिका सहिमा श्रेष्ठ काठमाडौँलाइ कर्मथलो बनाएर विभिन्न चर्चित गीतहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका हुन् । सुमधुर स्वरकी धनी सहिमा पछिल्लो समय चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा छिन् ।

बिर्तामोडमा शुक्रबार हुने उनीहरुको प्रस्तुतिमा दर्शकको भीड बढ्ने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्दै गएको उनको भनाई छ । उनले महोत्सवमा माघ १२ गते समिर श्रेष्ठ, १३ गते श्रीगो र दगेन भीम विष्ट, १४ गते भाइवर साइमन र अनु चौधरी,  माघ १५ गते वेनिषा पौडेल, १६ गते सुसान्त घिमिरे र आशिष अविरल , १७ गते रकेट, १८ गते छेवाङ लामा र द क्रिएटर्स व्याण्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने जानकारी दिए । महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले 

महोत्सव आगामी माघ १९ गतेसम्म सञ्चालन हुने बताउँदै महोत्सवमा सहभागी भएर साँगीतिक माहौलमा रमाउन सबैलाई आग्रह गरे ।