बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थाको रजत वर्ष विशेषाङ्क कृति पूर्ण लोकार्पण, पुस्तकालय  शुभारम्भ, अक्षयकोष हस्तान्तरण, संस्थागत अभिनन्दन, श्रष्टा सम्मानलगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार, मदन पुरस्कार बिजेता, अभिनन्दित वरिष्ठ साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए  ।
  कार्यक्रममा संस्थागत साहित्यिक संस्था सम्मान कार्यक्रम अन्तर्गत त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारी र देवकोटा स्मृति भवन भद्रपुर झापालाई सम्मान गरिएको थियो ।
उक्त सम्मान त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका अध्यक्ष  प्रेमप्रकाश फलाहारी र देवकोटा स्मृति भवन भद्रपुर झापाका अध्यक्ष राजेन्द्र चापागाईले ग्रहण गरेका थिए।
सोही कार्यक्रममा वरिष्ठ साहित्यकार हेम अधिकारी
दम्पत्ती , वरिष्ठ चित्रकार डिल्लीकृष्ण आले, गायक तथा संगीतकार प्रदीप देवान दम्पत्तीलाई  अभिनन्दन तथा अग्रज स्वास्थ्यकर्मी लालबहादुर सुब्बा दम्पत्ती , गायक, संगीतकार तथा कलाकार मातृका संग्रौला दम्पत्ती र साहित्यकार लक्ष्मीअच्युत ढुंगानालाई सम्मान गरिएको थियो  । उनीहरुको सम्मान पत्रको वाचन उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्य चित्रा पौड्यालले  गरेका थिए।
  कार्यक्रममा संस्थाको रजत वर्ष (२५ वर्ष) सम्मका विभिन्न गतिविधिहरुलाई समेटेर तयार पारिएको रजत बर्ष विशेषाङ्कको पूर्ण लोकार्पण गरिएको थियो । संस्थाको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा गत असार ३१ गते भएको रजत महोत्सवमा नमूना अंक (डेमो) लोकार्पण गरिएकोमा यस वर्ष रजत बर्ष विशेषाङ्कको पूर्ण लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी धरावासी, साहित्यकार. मञ्जु बिमली, प्राज्ञ सुमित्रा बाङ्देल चेली, साहित्यकार पुण्यप्रसाद खरेल, अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नीप्रसाद सिग्देल, शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा,त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका अध्यक्ष  प्रेमप्रकाश फलाहारी ,    साउती हास्यव्यङग्य साहित्यिक संस्थाका अध्यक्ष  अन्तर्राष्ट्रिय अभिनन्दित ब्यक्तित्व  मुक्ति बराल उपाध्याय, देवकोटा स्मृति भवन भद्रपुर झापाका अध्यक्ष राजेन्द्र चापागाई, संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, संस्थाकी संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष  उर्मिला बिमली श्रेष्ठ , पूर्व अध्यक्ष केशव आचार्य, टंक बिकल्प,  निवर्तमान अध्यक्ष हस्त परियार , सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्य हरिनारायण भट्टराईलगायतले रजत बर्ष विशेषाङ्कको पूर्ण लोकार्पण गरेका थिए।
कार्यक्रममा रजत बर्ष विशेषाङ्कका सम्पादक राजेन्द्र
  संग्रौलाले  साहित्य चौतारी बिर्तामोड झापाले साहित्य चौतारी विशेषाङ्कको पहिलो र दोस्रो अंकसमेत प्रकाशित भइसकेर यस वर्ष  रजतवर्ष विशेषाङ्क प्रकाशित गरिएको बताए  ।  उनले  रजतवर्ष विशेषाङ्क प्रकाशनमा सहयोग पुर्याउने सबैलाई  धन्यवाद ज्ञापन समेत गरे ।
कार्यक्रममा संस्थाका सदस्य डीपी शर्माले  रजतवर्ष विशेषाङ्कको समिक्षा गर्दै  साहित्य चौतारीको ईतिहासलाई जीवन्त राख्न  रजतवर्ष विशेषाङ्क महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा साहित्य चौतारी पुस्तकालयको शुभारम्भ गरिएको थियो।  प्रमुख अतिथी धरावासी, लेखनाथ पुस्तकालयकी अध्यक्ष खगेन्द्रा खुशी,त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका अध्यक्ष  प्रेमप्रकाश फलाहारीलगायतले पुस्तकालय शुभारम्भ गरेका थिए । साहित्य चौतारी बिर्तामोड झापाले साहित्य, कला, संस्कृति भाषा, परम्पराको जर्गेनाका लागि हाल सामान्य रुपमा सञ्चालन भइरहेको पुस्ताकालयलाई व्यवस्थित बनाउँदै साहित्य चौतारी पुस्तकालयको रुपमा  शुभारम्भ गरिएको अध्यक्ष देवीभक्त श्रेष्ठले बताए  ।   पुस्तकालयको  बारेमा संस्थाका पूर्व उपाध्यक्ष कृष्ण सुवेदी निराकारले जानकारी गराएको  कार्यक्रममा  पुस्तकालय सञ्चालनका लागी  बिभिन्न श्रष्टा सर्जक तथा साहित्यिक संघसंस्थाहरूका प्रमुखले पुस्तक उपलब्ध गराएको  पुस्तकालय सञ्चालन समितिका संयोजक संस्थाका सचिव तुलसीप्रसाद निरौलाले जानकारी दिए  ।
कार्यक्रममा संस्थाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ र संस्थाका संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष  उर्मिला बिमली श्रेष्ठको ३९ औं वैवाहिक बर्षगाठ मनाइएको थियो।
कार्यक्रममा  अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नीप्रसाद सिग्देल, शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडासहित प्रमुख अतिथी धरावासी र अन्य अतिथीहरूले  श्रेष्ठ दम्पत्तीलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए  ।
  कार्यक्रममा अध्यक्ष श्रेष्ठले झापाको अर्जुनधारा १ साधुटारमा भएको सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायागमा संस्थाको तर्फबाट अक्षयकोषका लागि प्रदान गरिएको ५१ हजार एक सय ५१ रुपैयाँको चेक  शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै सोही कार्यक्रममा संस्थापक, संरक्षक तथा अध्यक्ष श्रेष्ठले आफूलाई व्यापार, व्यावसायमा सम्लग्न गराई अगाडि बढाउन प्रेरित तथा सहयोग गर्ने भिनाजु हर्कबहादुर प्रधान र ज्वाँइ लोकबहादुर पौडेलको स्मृतिमा हर्क–लोक स्मृति अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको दश लाख रुपैयाँको चेक अध्यक्ष श्रेष्ठले दिदी मुना श्रेष्ठ प्रधान र बहिनी बेनुकुमारी श्रेष्ठ पौडेललाई  हस्तान्तरण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी धरावासी, प्राज्ञ सुमित्रा बाङ्देल चेली,  साउती हास्यव्यङग्य साहित्यिक संस्थाका अध्यक्ष  अन्तर्राष्ट्रिय अभिनन्दित ब्यक्तित्व  मुक्ति बराल उपाध्याय, त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका अध्यक्ष  प्रेमप्रकाश फलाहारी, शंकराचार्य पीठ साधुटारका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा,देवकोटा स्मृति भवन भद्रपुर झापाका अध्यक्ष राजेन्द्र चापागाई, वरिष्ठ साहित्यकार हेम अधिकारी, संस्थाका पूर्व अध्यक्ष टंक बिकल्पलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए  ।
  कार्यक्रममा शहीद दिवसको अवसर तथा दिवंगत श्रष्टाहरु संस्थाका पूर्व प्रमुख अतिथि तथा सम्मानित अजर अमर सर्जकहरु कुमार सुब्बा, हिरादेवी वाइवा, तारादेवी, अरुणा लामाप्रति  श्रद्धाञ्जली व्यक्त गर्दै गायक तथा संगीतकार प्रदीप देवान, धना राई देवान, संस्थाकी सदस्य मनिषा भट्टराई, सप्तक संगीतालयका लिरीक्स राज्यलक्ष्मी पौडेल , आकृति बिष्ट, साहरा पोखरेल, अपेक्षा भण्डारी , आलिया अधिकारी, स्मयन बजगाई , अनन्त मिश्र, संस्कार सापकोटालगायतले गीत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका  सचिव तुलसीप्रसाद निरौलाले गरेको  सहसंरक्षक तथा महासचिव गौरव श्रेष्ठले जानकारी दिए।