बिर्तामोड ।  झापा अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिलका वासिन्दा तथा त्यहाँबाट आवतजावत गर्ने वटुवाका लागी समाजसेवी डा. कृष्णनाथ वाँस्तोलाले शुद्ध खानेपानीको ट्याङकीसहितको धारा जडान गरिदिएर उदाहरणीय कार्य गरेका छन् ।

अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिल घर भै हाल वेलायत निवासी वाँस्तोलाले आफ्ना वुवा स्व. गंगानाथ वाँस्तोला तथा आमा स्व. नेत्रकुमारी वाँस्तोलाको स्मृतिमा शुद्ध खानेपानीको ट्याङकीसहितको धारा जडान गरिदिएर समाजमा उदाहरणीय कार्य गरेको स्थानीय गंगाराम खनालले बताए ।

अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिलका वासिन्दा तथा त्यहाँबाट आवतजावत गर्ने वटुवालाई शुद्ध खानेपानी उपलव्ध गराउन उनले  शुद्ध खानेपानीको ट्याङकीसहितको धारा जडान गरिदिएको बताउँदै खनालले यसबाट आफूहरुमात्र नभएर अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिल भएर आवतजावत गर्ने वटुवाहरुसमेत लाभान्वित हुने जानकारी दिए ।

यसैवीच अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिल परिसरमा जडान गरिएको शुद्ध खानेपानीको ट्याङकीसहितको धाराको उद्घाटन गरिएको छ । समाजसेवी रामचन्द्र मैनालीले शुद्ध खानेपानीको ट्याङकीसहितको धाराको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मैनालीले वाँस्तोलाले शुद्ध खानेपानी उपलव्ध गराएर समाजका लागि उदाहरणीय कार्य गरेको बताए ।

अर्जुनधारा – ६ कप्तानबारी नेत्रमिलका वासिन्दा तथा त्यहाँबाट आवतजावत गर्ने वटुवालाई शुद्ध खानेपानी उपलव्ध गराउन शुद्ध खानेपानीको ट्याङकीसहितको धारा जडान गरिदिएको डा. कृष्णनाथ वाँस्तोलाले बताए ।  आफू वेलायतमा रहेपनि आफ्नो जन्मभूमि र आफ्ना पितृहरुको धरोहरको रुपमा रहेको स्थानका वासिन्दालाई  शुद्ध खानेपानी उपलव्ध गराउनु आफ्नो कर्तव्य भएको उनले बताए ।

कार्यक्रममा सहभागी राम दनुवार, शुशिला आचार्य, कल्पना राई, कल्टु दनुवार, ज्ञानु भण्डारी, प्रमिला दनुवार, कमल लिम्बू, मञ्जु शेर्मा, नाफे दनुवारलगायतले डा. कृष्णनाथ वाँस्तोलाले पुण्यको कार्य गरेको बताए । कार्यक्रमको सहजीकरण गंगाराम खनालले गरेका थिए ।