बिर्तामोड। न्युटन्स एजुकेसन एकेडेमीको २२ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बिध्यालय ब्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा खानेपानी सिञ्चा॓ई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा!
सम्पन्न कार्यक्रममा प्रिन्सिपल देवेन्द्र हुमागाईले स्वागतहित बिध्यालयको गतिविधिबारे जानकारी गराएका थिए।
विद्यार्थी संस्कार सापकोटाले स्वागत गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष किशोर प्रसाई, स्त्रीरोग विशेषज्ञ डाक्टर प्रियङ्का कटुवाल र डाक्टर सीमा बर्मा प्रधान, उत्कृष्ट अभिभावक सविता लिम्बु र दिनेश अधिकारीलाई सम्मान गरिएको थियो भने बिर्तामोड कार्यक्षेत्रभित्र रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका पूर्व बिध्यार्थीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी कार्की , स्त्रीरोग विशेषज्ञ डाक्टर प्रियङ्का कटुवाल , पूर्व बिध्यार्थी डाक्टर क्रिञ्जिला बजगाई, बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तीलचन भण्डारीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
सोही कार्यक्रममा न्युटन्स आइडलको बुधबार सम्पन्न ग्रान्ड फिनालेका विजेताको नाम घोषणा गरी बिजेतालाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा न्युटन्स आइडलको उपाधी संस्कार सापकोटाले हात पारी नगद पाँच हजार. फष्ट रनर अफ प्रज्वल थापाले तीन हजार, सेकेन्ड रनर अप स्मयन बजगाईले दूई हजार र सान्तवना रुबि पाठक र लिरिक्स राज्यलक्ष्मी पौडेलले एक हजार रूपैयाँ, ट्रफी र सम्मान पत्र प्राप्त गरे भने फाइनललिष्टलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्राथमिक तहका बिध्यार्थीहरूको सांस्कृतिक कार्यक्रम समेत रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।




















