बिर्तामोड । खाम्जिरी खाम्बोङ्बासा खुदाङ सङ्जुम्भोको केन्द्रीय अध्यक्षमा रामकुमार खुदाङ चयन भएका छन् ।

खाम्जिरी खाम्बोङ्बासा खुदाङ बंशको पाँचौ  अन्तर्राष्ट्रिय सम्मेलन  तथा खाम्जिरी खाम्बोङ्बासा खुदाङ सङ्जुम्भोको दोस्रो महाधिवेशनले रामकुमार खुदाङको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।   

 केन्द्रीय समितिको उपाध्यक्षहरुमा प्रेम खुदाङ , डिल्ली खुदाङ , सुकाम खुदाङ , महासचिवमा खगेन्द्र खुदाङ , सचिवहरुमा खगेन्द्र खुदाङ , वुद्धिप्रकाश खुदाङ र कोषध्यक्षमा प्रताप खुदाङ चयन भएका छन् । केन्द्रीय समितिको सदस्यहरु समितिको आगामी वैठकले थुमगत, क्षेत्रगतरुपमा सवैलाई समेट्नेगरी गठन गर्ने बताइएको छ । 

संस्थाका केन्द्रीय अध्यक्ष रामकुमार खुदाङको अध्यक्षता तथा शिवसताक्षी –११ का वडाध्यक्ष बहादुर आङ्वोको पमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम खुदाङले स्वागत गरेका थिए । 

कार्यक्रममा संस्थाका सचिव खगेन्द्र खुदाङले खुदाङ वंशको इतिहाससहितको प्रतिवेदन , महासचिव भुपेन्द्र खुदाङले महासचिवको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष आङ्वो , खुदाङ बंशको ूअग्रज तुतु थुम्याहाङ खुदाङ बंशको संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार देउबहादुर खुदाङ, जेठा सुब्बा र बलबहादुर खुदाङलगायतले शुभकामना दिएका थिए । 

कार्यक्रममा खुदाङ बंशको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने जेठा सुब्बालाई विशिष्ट योगदान सम्मान, खुदाङ बंशको संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार देउबहादुर खुदाङलाई सर्वोत्कृष्ट योगदान सम्मान, बलराज खुदाङलाई उत्कृष्ट योगदान सम्मान , खुदाङ बंशको राष्ट्रसेवक कर्मचारीहरु दिपेन खुदाङ र सुष्मा याक्खा खुदाङलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रमकै सन्दर्भमा दोमुखा माईमा लिम्बू जाति मध्येका खुदाङ लिम्बूहरुको साक्मुरा वोदेम गरिएको संस्थाका कोषाध्यक्ष मन खुदाङले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव महासचिव भुपेन्द्र खुदाङले गरेका थिए । झापाको दुधेमा तीन दिनसम्म चलेको खाम्जिरी खाम्बोङ्बासा खुदाङ सङ्जुम्भोको पाँचौ  अन्तर्राष्ट्रिय सम्मेलन  तथा सङ्जुम्भोको दोस्रो महाधिवेशनमा नेपाल तथा भारतका खुदाङ बंशका बन्धुहरुको सहभागिता रहेको थियो ।