बिर्तामोड। नेपाल भेनियर उत्पादक संघको आठौं अधिवेशन तथा १२ औं बार्षिक साधारण सभाबाट निर्बाचित पदाधिकारीहरुलाई  शपथग्रहण गराइएको छ ।  

 झापाको मेचीनगर – १२ \१३ मा रहेको निचाझोडा सामुदायिक बन परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई शपथग्रहण गराइएको हो  ।

नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष तथा कोशी प्रदेशका खानेपानी  सिञ्चाई  तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामकुमार न्यौपानेले स्वागत गरेका थिए।

कार्यक्रममा निर्वाचन अधिकृत गोपाल वस्नेतले  नेपाल भेनियर उत्पादक संघको आठौं अधिवेशन तथा १२ औं बार्षिक साधारण सभाबाट निर्बाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।

संस्थाको आठौं अधिवेशन तथा १२ औं बार्षिक साधारण सभाबाट नेपाल भेनियर उत्पादक संघ झापाको अध्यक्षमा निर्बाचित श्यामप्रसाद न्यौपाने , वरिष्ठ उपाध्यक्षमा दिनेश शाक्य, उपाध्यक्षद्वयमा विमलकुमार प्रधान र सुरेशकुमार अग्रवाल, महासचिवमा सञ्जीवकुमार वर्मा, सचिवमा लीलाकुमार न्यौपाने र कोषाध्यक्षमा अञ्जनीकुमार चौधरी,  सदस्यहरुमा उज्जल श्रेष्ठ, विक्रम खत्री, रोनक अग्रवाल, सञ्जय शाह, राकेश शाह, राजेशकुमार अग्रवाल, सौरभ अग्रवाल र निरकुमार राई , लेखा समिति संयोजकमा अमित अग्रवाल तथा सदस्यहरुमा अनुपकुमार अग्रवाल र अनुपकुमार शाह रहेको निर्वाचन अधिकृत गोपाल वस्नेतले बताए । उनीहरुलाई निवर्तमान अध्यक्ष दीपक पाण्डेले शपथग्रहण गराएका थिए।  

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद न्यौपानेले स्वीकारोक्ती मन्तव्य व्यक्त गर्दै भेनियर उत्पादक ब्यवसायीहरूको हक अधिकारका लागी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले भेनियर उत्पादक ब्यवसायीहरूको समस्या समाधानका लागी आफू लागीपर्ने बताए ।

कार्यक्रममा   नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल,नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य ऋषीराज तिम्सिना, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाई,   नेपाल प्लाईउड उत्पादक संघका केन्द्रीय सचिव दिनेश चापागाई, नेपाल अलैंची व्यबसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, नेपाल कुचो  संघका अध्यक्ष राजकुमार कार्की, नेपाल वनपैदावार संघका सदस्य कमल कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो भने संस्थाले कार्यक्रममा सहभागी अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । 

 सामूहिक बनभोजसहित आयोजना गरिएको कार्यक्रमको सञ्चालन  संस्थाका महासचिव दिनेश शाक्यले गरेको कार्यालय सचिव अच्युत घिमिरेले जानकारी दिए ।