बिर्तामोड। झापाको कनकाई ८ लक्ष्मीपुरमा रहेको पाथीभरा एकाडेमीको १७ औं बार्षिकोत्सव सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेलको अध्यक्षता तथा कनकाई नगर शिक्षा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भाइस प्रिन्सिपल सुशील सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा उत्कृष्ट शिक्षक लुना श्रेष्ठ सुवेदी, गोमादेवी खड्का, इन्द्रमाया खरेल, एसईईमा उत्कृष्ट जीपीए ल्याउने छात्र राज काफ्लेलाई सम्मान गरिएको थियो।
सोही कार्यक्रममा १५ बर्ष पूरा अवधी सेवा गर्ने शिक्षक ईन्द्रमाया खरेल, कर्मचारीहरू खड्गप्रसाद गौतम,कृष्ण भट्टराई र १० वर्ष पूरा अवधी सेवा गर्ने शिक्षकहरू मिनादेवी रिजाल, दीपा लम्साल र कर्मचारी यसोदा राजवंशीलाई अभिनन्दन गरिएको थियो।
कार्यक्रममा एसईई २०८० का उत्तीर्ण विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथी ओडारी, कनकाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल, प्याब्सन झापाका सचिव बिनोद सुब्बा, कनकाई प्याब्सन अध्यक्ष बिनोद उप्रेती, पत्रकार महासंघ झापाका पूर्व उपाध्यक्ष केशब भट्टराई, अभिभावक तथा श्री नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तोया ओली , विद्यार्थी राज काफ्लेलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
विद्यालयका सिइओ श्रीकान्त थापाले नया व्यवस्थापनमा आफूहरूले विद्यालय सञ्चालन गरेर विद्यालयलाई अघि बढाइरहेको बताए। पाथीभरा एकाडेमीलाई सबैको सहयोग र साथले कनकाई नगर मै नमूना विद्यालय बनाएको उनको भनाइ छ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य योगा,मार्सल आर्टलगायत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक लुना श्रेष्ठ सुवेदीले गरेकी थिइन् ।




















