बिर्तामोड।वीरता लेडी जेसीज झापाको मेचीनगर १२ सहरेडांगी धाइजनमा रहेको माधव संस्कृत विधाश्रम एवं माधवेश्वर शिव पाञ्चयतन मन्दिरको आजिवन सदस्य बनेको छ।
मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट ज्ञान महायज्ञमा २१ हजार एक सय रूपैयाँ प्रदान गरी आजिवन सदस्यता प्राप्त गरेको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।
समाजसेवी एनि ओलिले १० हजार , र अन्य जेसीहरुबाट ११ हजार एक सय रूपैयाँ प्रदान गरिएको उनले बताइन् । माधव संस्कृत विधाश्रम एवं माधवेश्वर शिव पाञ्चयतन मन्दिरका अध्यक्ष तीलकप्रसाद गिरी, सचिव यमनाथ बराल, प्रमुख अतिथि प्राडा पुरुषोत्तमाचार्य स्वामीजी र कथावाचक पंडित हरिकृष्ण भण्डारीलगायतले वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यसहितको टोलीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै उक्त सहयोग गरेको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।




















