बिर्तामोड। नेवा:पासा मुना पुच: बिर्तामोड
नगर समितिको ३१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
  संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेश सांसद यसोदा कायस्थको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा संस्थाको  बार्षिक प्रतिवेदन अध्यक्ष दिनेश श्रेष्ठ, नेवा: ग्वाली पुच: को प्रतिवेदन संयोजक प्रभात मानन्धर र  आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेका थिए ।
   कार्यक्रममा  नेवा:पासा मुना पुच: बिर्तामोडका संस्थापक कृष्ण उदास, नेवार एकता समाज धरानका संस्थापक अध्यक्ष राजेशमान श्रेष्ठ ,  नेवा: समाज समिति कांकडभिट्टाका अध्यक्ष कमल गुभाजू लगायतले शुभकामनासहितमन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रम शैक्षिक क्षेत्रमा योगदान पुर्याउनेहरू देबि माबिकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ,  ग्रीनउड स्कुलका सञ्चालक निता श्रेष्ठ, अनिता श्रेष्ठ,निरू खड्का श्रेष्ठ, पाथीभरा चाइल्ड केयरकी सञ्चालक उमा प्रधान , स्वस्तिका शिशु सदनकी सञ्चालक ईश्वरा श्रेष्ठ, सुनगाभा स्कुल सञ्चालक मिलन श्रेष्ठ, अब्बाकस स्कुलका सञ्चालक सन्देश मल्ल, माइभ्याली इङ्ग्लिस स्कुलका सञ्चालक दिपक मास्केलाई सम्मान गरिएको थियो।
  सोही कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यलाई समेत सम्मान गरिएको थियो। सम्मान पत्रको बाचन कोषाध्यक्ष शर्मिला शाक्यले गरेकी थिइन् ।
  त्यसैगरी कार्यक्रममा  बिर्तामोड नगर क्षेत्रभित्र रहेका  नेवार समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
साधारण सभाको बन्दसत्रले  संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन,  नेवा: ग्वाली पुच:का संयोजक प्रभात मानन्धरले प्रस्तुत गरेको प्रतिवेदन र  कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेको  आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
  नेवारी  नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिलन श्रेष्ठले गरेका थिए।