बिर्तामोड। पराजुली समाज नेपाल झापाको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बिहीबारबाट शुरु भएको छ ।
सम्पूर्ण पराजुली वन्धुहरूबिचको भावात्मक सम्बन्ध कायम राख्दै कौडिन्य गोत्रीय समस्त पितृहरूको उद्दार तथा समस्त सन्ततीहरुको कल्याणार्थ एवम् विन्ध्यवासिनी मन्दिरको अक्षयकोष सञ्चालनार्थ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको पराजुली समाज नेपाल झापाका अध्यक्ष गणेशप्रसाद पराजुलीले बताए।
आगामी चैत्र २७ गतेसम्म पराजुली भवन कनकाई ४ कोटीहोममा सञ्चालन हुने
महायज्ञको प्रमुख बाचकत्व आचार्य पारसमणि पराजुली र पाठपारायण पण्डित दीपक गौतमको रहेको उनले बताए।
महायज्ञ शुरूहुनु अघि सम्पूर्ण पराजुली वन्धुहरूको सहभागितामा पञ्चेबाजासहित
पराजुली भवन विन्ध्यवासिनी मन्दिरबाट निस्किएको कलश यात्राले कनकाई माईबाट जल ल्याई कोटीहोम लगायत बिभिन्न मन्दिरको परिक्रमा गरी महायज्ञस्थल पराजुली भवन पुगेको अध्यक्ष गणेशप्रसाद पराजुलीले बताए।
पराजुली समाजले २०७० सालमा पहिलो पटक पुराण लगाएर पराजुली समाजको भवन बनाएको उनले बताए।
पराजुली समाजको भवनस्थलमा
आफू एक्लैले विन्ध्यवासिनी मन्दिरको निर्माण गरेपनि हाल मन्दिर पूर्णरूपमा सञ्चालन गर्न रकम नभएकाले मन्दिर सञ्चालनार्थ अक्षयकोष स्थापनाको लागि यसपटक पुराण लगाउनुपरेको अध्यक्ष गणेशप्रसाद पराजुलीले बताए।
महायज्ञ उद्घाटन कार्यक्रममा पराजुली समाज झापा नेपालका जिल्ला र नगरका पराजुली वन्धुहरूको सहभागिता रहेको थियो।




















