बिर्तामोड। श्री छठ समाज सेवा समिति बिर्तामोडले लक्ष्मीपूरस्थित बिरिङ नदीमा चैती छठ मनाएको छ।
बिरिङ नदीमा बनाइएको घाटमा छठ ब्रतिहरूले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।
श्री छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता तथा कनकाई ८ का वडाध्यक्ष लीलबहादुर कटुवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजकुमार शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथी कटुवाल, श्री छठ समाज सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष प्रेमचन्द चौधरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन श्री छठ समाज सेवा समिति बिर्तामोडका महासचिव अशोककुमार चौधरीले गरेका थिए।
बिरिङ नदीमा बनाइएको घाटमा २० भन्दा बढी छठ ब्रतिहरू सहभागि भएको श्री छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष मनोज रौनियारले जानकारी दिए। छठ ब्रतिहरूले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गर्ने श्री छठ समाज सेवा समिति बिर्तामोडका सल्लाहकार शत्रुघन रौनियारले जानकारी दिए।




















