बिर्तामोड । झापाली लाेकगायक युवराज पाेर्तेल र गायिका माेनिका चुडालकाे स्वर रहेकाे पूर्वेली लाेकभाकामा आधारित सुनैकाे चम्ची गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
उक्त भिडियाे म्युजिक नेपालकाे अफिसियल युट्युव च्यानलवाट शुक्रबार सार्वजनिक भएकाे हाे।
नेपालकाे पूर्वी भेगमा गाइने लोकभाकामा आधारित गीत सुनैकाे चम्चीमा
शब्द/संगीत युवराज पोर्तेलको रहेको छ भने संगीत संयोजन बलराम समालको रहेको छ।
गीतमा रेकर्डिस्ट नकुल कार्की र मिक्सिङ्ग/मास्टरिङ्ग: प्रकाश खरेलको रहेको छ ।
रोचक थापा(रामजी) तथा राज लावतीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा प्रताप सुनुवार, रिना तामांग, कल्पना, सिलवाल, दिलकुमार पोर्तेल लगायतको अभिनयसहित पूर्वेली लाेक नाच समुहकाे नृत्य प्रस्तुती रहेको छ ।
नृत्य निर्देशन राज लावतीको रहेको गीतको म्युजिक भिडियोको झापा तथा इलामकाे रमणिय स्थानहरुमा छायांकन गरिएकाे छ।
गीतको म्युजिक भिडियोको छायांकन/सम्पादन सुवास लिम्बूको रहेको छ भने छायांकन सहयोगी नन्दुभाई लिम्बू रहेका छन् ।
गीतको म्युजिक भिडियोको पाेष्ट प्राेडक्सन युनिक मिडिया हाउस चारआलीकाे रहेकाे छ ।
झापाली गायक पाेर्तेल तथा गायिका चुडाल बिगत तीन दशक देखि लाेक गायन तथा संगित क्षेत्रमा क्रियाशिल रहेका छन् । उनीहरुको वल्लाे खाेलाे पल्लाे खाेलाे, साेरङ्गे साइलि ज्यु, रक्सि तिनपाने लगायतका गीत दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। झापाली लाेकगायक युवराज पाेर्तेल र गायिका माेनिका चुडालकाे स्वर रहेकाे पूर्वेली लाेकभाकामा आधारित सुनैकाे चम्ची गीतकाे म्युजिक भिडियाेले पनि दर्शक तथा श्रोताको मन जित्न सफल हुने विश्वास छ। गीत र म्युजिक भिडियोको लिंक यहाँ छ ।
https://youtube.com/watch?v=Oq2KE58D4GI&si=Xp0brvnJJegtGHoh




















