बिर्तामोड। प्याब्सन झापाले आगामी तीन वर्षभित्र गरिने कार्ययोजना सार्वजनिक गरेको छ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले प्याब्सन झापाले आगामी तीन वर्षभित्र गरिने १७ वुंदे कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा  बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले  स्वागतसहित  प्याब्सन झापाको बार्षिक कार्यक्रम बारे जानकारी गराएका थिए।
कार्यक्रममा प्याब्सन झापाको गत पुस २७ र २८ गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट  छत्रबहादुर कार्कीको अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कार्यसमिति, पांच सदस्यीय सल्लाहकार समिति, बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति गठन गरिएको जानकारी दिइयो। हाल प्याब्सन झापामा ३१८ बिद्यालय आवद्ध रहेको छ भने ती बिद्यालयहरूमा एक लाख ६८ हजार विद्यार्थी अध्ययनरत् रहेका छन् ।
ती बिद्यालयहरूमा नौ हजार पाॅच सय शिक्षक तथा कर्मचारी कार्यरत् रहेको र प्याब्सन झापामा हात १६ अर्ब लगानी रहेको बताइयो।
कार्यक्रममा  प्याब्सन झापाका सह सचिव  जीवन शिवाकोटी,  सह कोषाध्यक्ष नारायण सुवेदी, सदस्य तथा सूचना तथा सञ्चार उपसमितिका सदस्यहरू देवेन्द्र हुमागाई, सुमन शर्मा जमरकट्टेललगायतले प्याब्सन झापाको गतिबिधीहरू बारे जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।