बिर्तामोड। नृत्य कलाकार संघ झापाको आयोजनामा दुई दिवसीय लोकनृत्य कार्यशाला सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिवस गिरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  सहसचिव सुरज मगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका सल्लाहकार  एलसी श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा  प्रशिक्षक लोकनृत्य अनुसन्धानकर्ता बरिष्ठ नृत्य निर्देशक रोचक थापा ( रामजी थापा), बरिष्ठ नृत्य निर्देशक  श्रीगणेश शर्मा , एन प्याब्सन झापाका  कार्यबाहक अध्यक्ष ओमविक्रम नेम्वाङलगायतले  शुभकामनासहित मन्तव्य व्यक्त गर्दै सिकेको सीप व्यवहारमा उतार्न सहभागीलाई आग्रह  गरेका थिए।
कार्यक्रममा सहभागीको तर्फबाट कृति राईले  मन्तव्य व्यक्त गर्दै कार्यशाला फलदायी भएको बताएकी थिइन् ।
कार्यक्रममा प्रशिक्षकहरू रोचक थापा, नगेन्द्र राईलाई सम्मान गरिएको थियो भने कार्यशाला सफल बनाउन सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो।
दुई दिवसीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षक लोकनृत्य अनुसन्धानकर्ता बरिष्ठ नृत्य निर्देशक रोचक थापा ( रामजी थापा)ले पाठ्यक्रममा आधारित लोकनृत्यको सैद्दान्दिक तथा व्यवहारिक ज्ञान बारे प्रशिक्षण प्रदान गरेका थिए भने लोकनृत्य अनुसन्धानकर्ता बरिष्ठ नृत्य निर्देशक नगेन्द्र राईले राई जातीको परम्परामा आधारित सैद्दान्दिक तथा व्यवहारिक ज्ञान बारे प्रशिक्षण प्रदान गरेका दिए।
दुई दिवसीय लोकनृत्य कार्यशालामा ५२   जना  प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा  सहभागीलाई पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष कृष्ण योञ्जन, वरिष्ठ नृत्य निर्देशक  मणीकुमार राई , नृत्य कलाकार केन्द्र कोशी प्रदेश अध्यक्ष सुनिल थापा ,  नृत्य निर्देशक संघ उदयपुरका अध्यक्ष प्रेमजंग राई,  सचिव  निमेश राई , सरस्वति आबिका प्रधानाध्यापक लोकबहादुर रायमाझी, सल्लाहकार एलसी श्रेष्ठ,  राज सुव्वा लावती,नृत्य निर्देशक संघ मोरङ जिल्ला सदस्य रेवत मगरलगायतले प्रमाणपत्र बितरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव विक्रम गेलाल (बुद्धराज ) ले गरेका थिए।