बिर्तामोड। महिला जनचेतना केन्द्र मेचीनगर ६ कांकरभिट्टा झापाको आयोजनामा वाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण सम्बन्धि धार्मिक गुरूहरूसंग एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा  मेचीनगर, कचनकवल, बाह्रदशीका विभिन्न सम्प्रदायका धार्मिक गुरूहरूसंग अन्तरक्रिया गरिएको थियो।
    महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा
संस्थापक अध्यक्ष राधा प्रधानले औचित्यसहित स्वागत गरेकी थिइन् ।
कार्यक्रममा सहभागी धार्मिक गुरूहरूले धार्मिक ग्रन्थहरूमा वाल विवाह तथा कम उमेरमा विवाह गर्नुपर्छ भन्ने  कहींपनि उल्लेख नभएको बताउँदै आफूहरूले वाल विवाह तथा कम उमेरमा हुने विवाह रोक्ने   प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य सञ्चारकर्मी सुस्मा राजवंशीले गरेकी थिइन् ।