बिर्तामोड। वीरता जेसीजले  ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टलाई सम्मानसहित बिदाई गरेको छ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा  संयुक्त सचिव  सुभाष त्रिखत्रीले आस्था वाचन गरेका थिए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टलाई कानूनी सल्लाहाकार अमरजीत साहले वाचन गरेको सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।

  कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बिर्तामोडवासीलाई  सुरक्षाको प्रत्याभूति दिलाउन ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट सफल भएको बताए।
कार्यक्रममा विदाई भएर जान लागेका
डीएसपी  विष्टले बिर्तामोडमा रहॅदा आफूले बिर्तामोडबासीको साथ र सहयोगले सुरक्षा व्यवस्था मजबुत बनाउन सफल भएको बताए।
आफू जहाॅ रहेपनि बिर्तामोडबासीको मायालाई कहिल्यै नविर्सने उनको भनाई छ ।
कार्यक्रममा वीरता जेसीजका  पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी, सिनेटर जीवनकुमार खड्का , पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले विदाई भएर जान लागेका डीएसपी  विष्टलाई शुभकामना दिएका थिए।
वीरता जेसीजका विपद् जनचेतना संयोजक मनिष न्यौपानेको संयोजकत्वमा
भएको कार्यक्रमको सञ्चालन  वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए।