बिर्तामोड। बिर्तामोड चेस क्लबको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर कमिटीको सहआयोजनामा  बिर्तामोडमा उभौली पर्व  प्रथम  फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ।
  बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड चेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम निर्देशक ज्वाला इम्बुङ लिम्वूले स्वागत गरेका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर कमिटी अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले बिर्तामोडमा आयोजना हुन गइरहेको राष्ट्रियस्तरको उभौली पर्व  प्रथम  फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सफल बनाउन आफूहरू लागीपर्ने बताए।
  कार्यक्रममा बिर्तामोड चेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम निर्देशक ज्वाला इम्बुङ लिम्वूले झापामा बुद्धिचाल खेलको विकासका लागि आगामी   जेठ २,३,४ गते राष्ट्रियस्तरको उभौली पर्व  प्रथम  फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको बताए।
   उनले कोशी प्रदेश र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको बिजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको बताए।
  पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले बिर्तामोडमा हुने बुद्धिचाल प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा  बिर्तामोड चेस क्लबका सचिव विष्णु पाठक, सल्लाहकार श्याम ताम्राकार, किरात याक्थुङ चुम्लुङकी झापा सचिव भिममाया नेम्बाङ कन्दङ्वालगायतले प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार बिजय बरालले गरेका थिए।