बिर्तामोड। वीरता जेसीजले जिल्ला प्रहरी झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई  सम्मानसहित बिदाई गरेको छ । 
   वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुष्प भण्डारीले  कार्यक्रमको   संयोजन गरेका थिए भने  संघसंस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष  तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी,  पूर्व अध्यक्ष तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष विशाल थापा, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष सिनेटर जीवनकुमार खड्का,  पूर्व अध्यक्ष  तथा नेपाल जेसीजका पूर्व  उपाध्यक्ष  राजेन्द्रकुमार चम्लागाई, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष  भीमबहादुर कुँवरलगायतले झापामा रहॅदा प्रहरी उपरीक्षक केसीले शान्ति सुरक्षा सु व्यवस्था कायम राख्दै प्रहरी र नागरिकको सम्वन्धलाई  सुमधुर राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
  कार्यक्रममा  उपत्यका प्रहरी कार्यालय रानीपोखरी काज सरुवा भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले आफ्नो झापा बसाई उपलब्धिमूलक भएको बताए।
झापामा सुरक्षा व्यवस्था कायम गर्न  झापाबासीले आफूलाई ठूलो सहयोग गरेको उनको भनाई छ ।
  कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष सञ्जु भारती, सतासीधाम जेसीजका अध्यक्ष पदम कुँवर, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले प्रहरी उपरीक्षक  केसीलाई सफलताको शुभकामना दिएका थिए।
  वीरता जेसीजका कानूनी सल्लाहाकार अमरजीत शाहले आस्था वाचन गरेको कार्यक्रमको संचालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए।