बिर्तामोड। ईसा बुक्स बिर्तामोडको आयोजनामा बिर्तामोडमा मिनी आर्ट मेला बिहीबारबाट शुरू भएको छ ।
दि देहि आर्ट्स काँकडभिट्टाको प्राविधिक सहयोगमा शुरू भएको मिनी आर्ट मेलामा सहभागीलाई दि देहि आर्ट्स काँकडभिट्टाका छितेन शेर्पाले बिभिन्न चित्रकला बनाउन सिकाइरहेका छन् ।
ईसा बुक्स बिर्तामोडको परिसरमा भएको मेलामा सहभागीलाई बिभिन्न चित्रहरू बनाउन सिकाउने मात्र होइन कलाकारलाई चाहिने आवश्यक सामग्रीहरू खरिद बिक्रीसमेत गरिने ईसा बुक्स बिर्तामोडका सञ्चालक केशव मैनालीले बताए।
दुई दिने मेला भोलि शुक्रबार बिहान १० बजे देखि ५ बजे सम्म सञ्चालन हुने उनले बताए।




















