बिर्तामोड । वीरता लेडी जेसीजले फरक तरिकाले १३६औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर वीरता लेडी जेसीजले सुनचाँदी व्यवसायको क्षेत्रमा काम गर्ने श्रमिकलाई सम्मान गरेर दिवस मनाएको हो ।
वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीको प्रमुख आतिथ्यमा भएको
कार्यक्रममा कानूनी सल्लाहकार अस्मिता राईले स्वागत गरेकी थिइन् ।
  वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यकारणी उपाध्यक्ष चन्द्रकला रिजालले आस्था वाचन गरेकी थिइन् भने उपाध्यक्ष तारा बस्नेतले मिसन भिजन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोडस्थित रत्न सुपर मार्केटमा  सुनचांदी व्यवसायमा काम गर्ने आठ जना कालिगढलाई सम्मान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन्
उनले जेष्ठ कालिगढ मानबहादुर पोर्तेल, गणेश मण्डल, अर्जुन विश्वकर्मा, छिलाई मिथुन, फेन्सी मिथुन पाल , महिला कालिगढहरू  मनु गहतराज, पार्वती बिक र रञ्जु विकलाई सम्मान गरिएको बताइन्
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने नाममा ठूला तारे होटलमा कार्यक्रम गर्नुभन्दा सुनचांदी व्यवसायमा काम गर्ने कालीगढलाई सम्मान गरेर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको बताइन्।
संस्थाको सामाजिक  उत्तरदायित्व अन्तर्गत सुनचाँदी व्यवसायको क्षेत्रमा लामो समय काम गरेका अनुभवी कालीगढलाई संस्थागत रुपमा पहिलोपटक सम्मान गरिएको उनको भनाई छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले सुनचाँदी व्यवसायको क्षेत्रमा लामो समय काम गरेका अनुभवी कालीगढलाई सम्मान गरेर वीरता लेडी जेसीजले  अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको भन्दै  वीरता लेडी जेसीजले  गरेको कार्य समाजका लागि उदाहरणीय भएको बताए।
कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा  रिजाल ढकाल, पूर्व अध्यक्ष देवी भण्डारी , पूर्व अध्यक्ष संगीता गिरीलगायतले  वीरता लेडी जेसीजले वास्तविक श्रमिकहरूलाई सम्मान गरेर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएकोमा खुशी व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गरेकी थिइन् ।