बिर्तामोड। युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा झापा जिल्लास्तरीय युगकवि कविता प्रतियोगिता तथा नारायणी मेमोरियल फाउन्डेसनको छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ।
कनकाई प्रतिभा प्रतिष्ठान कनकाई नगरपालिका र नारायणी मेमोरियल फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
कनकाई प्रतिभा प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षता तथा प्रा. डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कनकाई प्रतिभा प्रतिष्ठानका निर्मल खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसनका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा १६ जनाले नेपाल हाम्रो गौरव शिर्षकमा कविता वाचन गरेका थिए। प्रतियोगिताको निर्णायकहरूमा प्रा. ठाकुरप्रसाद पोखरेल, विष्णुप्रसाद कोइराला, साहित्यकार डीपी शर्मा रहेका थिए।
प्रतियोगितामा प्रथम खेमनाथ गुरागाँई, द्वितिय पूर्णचन्द्र मैनाली, तृतिय तेजेन्द्र घिमिरे भएका थिए। बिजेता प्रथमलाई १५ हजार, द्वितिय १० हजार र तृतीयलाई ५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसनद्वारा बिभिन्न विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको थियो।
कार्यक्रममा रूद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष बरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठक, आदर्श विद्यामन्दिर माबि घैलाडुब्बाका प्रधानाध्यापक नरहरी न्यौपानेले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, वरिष्ठ सल्लाहकार कोमलप्रसाद पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदी, साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, साहित्यकार राजेन्द्र संग्रौला, तुलसीप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम न्यौपाने र नारायणी मेमोरियल फाउन्डेसनका सचिव रामकुमार पाठक र प्रदीप पाठकले गरेका थिए।




















