बिर्तामोड। पराजुली समाज नेपाल झापाले लगाएको पुराणको आयव्यय सार्वजनिक गरेको छ।
गत चैत्र २१ देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट आम्दानी २८ लाख ८९ हजार १८ रूपैयाँ , खर्च ९ लाख १५ हजार ६ सय ७८ रूपैयाँ, बचत २२लाख १० हजार रूपैयाँ रहेको पराजुली समाज नेपाल झापा बरिष्ठ उपाध्यक्ष शरणकुमार पराजुलीले बताए। उनले बचत रकम अक्षयकोषमा राखेर त्यसको व्याजबाट मन्दिर सञ्चालनार्थ प्रयोग र भवन मर्मत सम्भार गरिने बताए।
पराजुली समाज नेपाल झापा अध्यक्ष गणेशप्रसाद पराजुलीले महायज्ञ सोचेभन्दा राम्रो भएको बताउँदै महायज्ञ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पराजुली बन्धुहरूलाई धन्यवाद दिएका छन्।
पराजुली समाज नेपाल झापा अध्यक्ष गणेशप्रसाद पराजुलीको अध्यक्षता तथा समाजका केन्द्रीय सदस्य काशीनाथ पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहसचिव पर्शुराम पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य काशीनाथ पराजुली , कोशी प्रदेश अध्यक्ष गोपालप्रसाद पराजुली, सुनसरी अध्यक्ष ऋषिकेश पराजुलीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद पराजुलीले गरेका थिए।




















