बिर्तामोड।  तेस्रो कोशी प्रदेश स्तरीय वक्सिङ प्रतियोगिताको उपाधी सुनसरीले हात पारेको छ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजना,प्रदेश खेलकुद विकास बोर्डको संयोजन, झापा जिल्ला  बक्सिङ संघको प्राविधिक सहयोग र  अर्जुनधारा नगरपालिकाको बिशेष सहयोगमा  भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, १  रजत र  १ कास्य पदकसहित उपाधी हात पारेको हो।
प्रतियोगितामा द्वितिय झापा जिल्ला  र तृतिय  उदयपुर  जिल्ला भएको थियोझापाले ३  स्वर्ण  ५ रजत र २ कास्यपदकसहित दोस्रो स्थान हासिल गर्यो
भने तेस्रो भएको उदयपुरले ३ स्वर्ण २ रजत र  २ कास्य पदक हात पार्यो  ।   त्यस्तै धनकुटाले  चौथो हुँदै  एक स्वर्ण, २ रजत र २ कास्य, पाँचौँ बनेको संखुवासभाले एक स्वर्ण र एक रजत जित्न सफल भयो ।
यसैगरी,  एक मात्र स्वर्ण जितेको भोजपुर छैटौँ, २ रजत र १ कास्य जितेको इलाम सातौँ, ताप्लेजुङले १ रजत  र मोरङले १  कास्य जित्दै आठौँ स्थानमा रहे भने तेह्रथुमले १ कास्य र ओखलढुंगाले १ कास्य जितेका थिए।
प्रतियोगिताको महिलातर्फ बेस्ट बक्सर सुनसरीकी लादिप्मा राई भइन्  भने पुरूषतर्फ बेस्ट बक्सर झापाका सचिन सुब्बा भएका थिए।
प्रतियोगितामा झापासहित ११ जिल्लाका ४४ जना खेलाडीहरूको सहभागिता रहेको झापा जिल्ला  बक्सिङ संघका अध्यक्ष युवराज खड्काले बताए।  
२७ वटा वाउचमा भएको खेलमा पुरुषतर्फ ४८ केजी ५१ केजी ५६ केजी ६० केजी ६७ केजी ७५ केजी तौल समूह र महिलातर्फ ५० केजी ६० केजी तौल समूहमा खेल भएको  उनले बताए। आईटीओ तथा टेक्नीकल डेलीगेट पुस्करराज पन्तको नेतृत्वमा ३६ जना रेफ्री जर्जहरूले खेल खेलाएका थिए।
   झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षता तथा  अर्जुनधारा नगर प्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
  प्रतियोगिताका विजेता खेलाडीहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन,  झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, प्रदेश बोर्ड सदस्य मदन खड्का, अर्जुनधारा–८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्कालगायतले  पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण रेफ्री जर्जहरूलाई प्रमाणपत्र बितरण गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो वितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन कृतीका राईले गरेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिष्णुकुमार नेम्बाङले जानकारी दिए।