बिर्तामोड। झापाली समाज युएईका संस्थापक तथा परिकल्पनाकार रामप्रसाद ढुंगेल र पूर्व अध्यक्ष तथा नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई सहयोग गरेका छन्।

अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकाहरूको खानपानमा सहयोग पुर्याउन उनीहरूले नगद एक _ एक हजार रूपैयाँ प्रदान गरेका हुन् ।

 झापाली समाज युएईका संस्थापक तथा परिकल्पनाकार रामप्रसाद ढुंगेलले आफ्नो छोरी हिमाक्षी ढुंगेलको जन्मदिनको अवसरमा उक्त रकम प्रदान गरेका हुन् भने नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त रकम प्रदान गरेका हुन्।

उनीहरूले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्णदेव दुलाललाई उक्त रकम प्रदान गरेका थिए।
उनीहरूले आफूहरूले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा थोरै सहयोग गरेपनि यस्तो सहयोग सवैले गरे अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा  रहेका वालवालिकाहरूको भविष्य उज्ज्वल हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्णदेव दुलालले ढुंगेल र चापागाईले गरेको सहयोग अमूल्य हुने बताए।

उनले अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा  रहेका वालवालिकाहरूको उज्ज्वल भविष्यको लागी , खानपान र शिक्षादिक्षाका लागी सहयोगको जरूरी भएकाले सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।