बिर्तामोड।  झापाको बिर्तामोडमा नमस्ते डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोडको शनिश्चरेरोडको एमिटी कलेज रोडमा  बिहीबारदेखि नमस्ते डेन्टल क्लिनिक  सञ्चालनमा आएको हो । बिर्तामोड ५ वडाध्यक्ष रोहित प्रसाई र मेची ऑखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरूङले संयुक्तरुपमा उद्घाटन गरेका थिए।
बिरामीहरुलाई छिटो छरितो रुपमा अत्याधुनिक सेवा दिन नमस्ते डेन्टल क्लिनिक सञ्चालनमा ल्याएको नमस्ते डेन्टल क्लिनिकका डेन्टल सर्जन डा. आशिष सुव्वाले जानकारी दिए ।
हाल यस क्लिनिकमा डा. आशिष सँगै डा. प्रणायाकीं ले सेवा प्रदान गर्ने बताइएको छ । नमस्ते डेन्टल क्लिनिकमा आउने सेवाग्राहीहरुलाई  डिजिटल एक्सरे, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जराबाट नै उपचार गर्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, इम्प्लान्ट गरी फिक्स दाँत राख्ने, बाँगो टिँगो दाँत मिलाउने, बच्चाको दाँतको सम्पूर्ण हेरचाह,  सजिलो र सामान्य अप्रेशन गरेर दाँत फुकाल्नेलगायतको सेवाहरु प्रदान गरिने  नमस्ते डेन्टल क्लिनिकका डा. आशिष सुव्वाले जानकारी दिए । वालवालिकाहरूदेखि बृद्धबृद्धाहरूसम्मका सम्पूर्ण दाँतको उपचार गरिने बताए । उद्घाटनको अवसरमा एक महिनासम्म  २० प्रतिशतसम्म छुट दिइने उनले बताए।
७० वर्षसम्म बृद्धबृद्धाहरूलाई र विशेष रूपमा सक्षम भएका व्यक्तिलाई २० प्रतिशतसम्म छुट दिइने उनले बताए।   हप्तामा छ दिन बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म यस क्लिनिकबाट सेवा लिन सकिने बताउँदै उनले बिरामीहरुले अझ राम्रो उपचार पाउन सकून भन्ने सोचले आगामी दिनमा क्लिनिकले अझ नयाँ नयाँ गुणस्तरीय सेवा सुविधाहरु थप गर्दै लैजाने योजना बनाएको जनाए । बिर्तामोडमा नमस्ते डेन्टल क्लिनिक सञ्चालनमा आएकोमा स्थानीय दिपक मेनाङ्वो, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटी, सभापति  मनोज अग्रबालले खुशी व्यक्त गरे।