बिर्तामोड। सप्तक संगीतालय बिर्तामोड ५ को आठौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
संस्थापक अध्यक्ष आकृति खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायन गुरू अर्पण सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने राग तरनाबाट स्वागत  गरिएको थियो।
बिद्यालयका संस्थापक कुशल पौड्यालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा बरिष्ठ संगीतकार कुशेश्वर राई र न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सम्मानित ब्यक्तित्व बरिष्ठ संगीतकार कुशेश्वर राई , देवेन्द्र हुमागाईले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न जातजातीका गीत, नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा भारतीय कलाकार  शास्त्रीय गायक अभिशेक पाण्डे र शास्त्रीय गायिका तथा कथा बाचिका शिखा काश्यपलगायतको समेत प्रस्तुति रहेको थियो।
कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोलले गरेकी थिइन्।