बिर्तामोड। एनईबीसीको ३३ औं बार्षिक सम्मेलन बिर्तामोडमा सम्पन्न भएको छ। गत जेठ २६ गते सोमबारबाट बिर्तामोडमा शुरू भएको सम्मेलन जेठ २८ गते सम्पन्न भएको थियो। झापासहित मोरङ, पाँचथर,ताप्लेजुङ, तेह्थुम, काठमाडौंबाट विश्वासीहरूको सहभागिता रहेको थियो।
कामकाज अध्यक्ष एल्डर गेनेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा एफईसीका अध्यक्ष एल्डर रामबहादुर थेवेले स्वागत गरेका थिए।
कार्यक्रममा ईबिसीका मिसन्सका निर्देशक रेभरेण्ड थोनदौलियानले बचन, एफएसएचएमएफ रेभरेण्ड डा.थाङ्गमिन्लुन माङ्गतेले बिधान अर्पण, एल्डर मिका थापाले आशिषको प्रार्थना गरेका थिए। आराधना झुण्डले स्तुती प्रशंसा र बिवाईएफ बिर्तामोडले विशेष गित प्रस्तुत गरेको कार्यक्रम सञ्चालन लाइसेन्स पास्टर प्रकाश राईले गरेका थिए।
त्यस्तै दोस्रो दिन आराधना झुण्डले स्तुती प्रशंसा, डीएस लाम्का वेस्ट रेभरेण्ड एन पुम्सुवानमुङ्गले भक्तिको बचन र लाइसेन्स पास्टर आशकुमार राईले आशिषको प्रार्थना गरेका थिए। त्यस्तै बन्दसत्रमा ईबिसी मिसन संयोजक एल्डर टी पाउखान्सियामले मिसन सम्वन्धी मोटीभेसनल प्रशिक्षण प्रदान गरेका थिए। त्यसको अनुवाद पाउल गौतमले गरेका थिए। त्यसपछिको स्तुती प्रशंसा रोशन राईले गरेका थिए भने ईबिसी मिसन संयोजक एल्डर टी पाउखान्सियामले बचन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन नेहा पुनले गरेकी थिइन्।
त्यस्तै तेस्रो दिन आराधना झुण्डले स्तुती प्रशंसा,डीएस लाम्का वेस्ट रेभरेण्ड एन पुम्सुवानमुङ्गले भक्तिको बचन र एल्डर सन्तकुमार राईले आशिषको प्रार्थना गरेका थिए।
त्यस्तै आराधना झुण्डले स्तुती प्रशंसा, बिवाईएफ पाडाजुङ्गी र बिवाईएफ चिसाङले विशेष गीत, पास्टर पदम थापाले भेटीको प्रशंसा, ईबिसीका मिसन्सको निर्देशक रेभरेण्ड थोनदौलियानले बचन, र एल्डर एगेनेन्द्र कडरियाले आशिषको प्रार्थना गरेको कार्यक्रमको सञ्चालन एल्डर नवीन रानामगरले गरेका थिए। त्यस्तै आराधना झुण्डले स्तुती प्रशंसा, बिवाईएफ पाडाजुङ्गी र बिवाईएफ पथरीले विशेष गीत, ईबिसीका मिसन्सको निर्देशक रेभरेण्ड थोनदौलियानले बचन, एफएसएचएमएफ रेभरेण्ड डा.थाङ्गमिन्लुन माङ्गतेले पास्टर र एल्डरहरुको अभिषेक र कार्यआज्ञा,अभिलेख सचिवले प्रतिवेदन प्रस्तुत गरेका थिए। एल्डर मन खुदाङले धन्यवाद ज्ञापन र एल्डर आदम राईले आशिषको प्रार्थना प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन लाइसेन्स पास्टर विजय खपाङ्गीले गरेका थिए।




















