बिर्तामोड। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पताल बिर्तामोडले १६ औं स्थापना दिवसको अवसर पारेर बृहत आँखा दान कार्यक्रम शुरू गरेको छ।
संस्थाका अध्यक्ष होम धितालको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रमेश सापकोटाले गरेका थिए ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रीय कमिटी सचिव तथा महिला बिभाग प्रमुख कविता कार्की कडरिया , ओपिडी ईञ्चार्ज सन्तोषकुमार लाभ कर्ण, नेपाल स्वास्थ्यकर्मी संघ ईकाई कमिटी अध्यक्ष मोहन अधिकारी , अस्पतालका मेडीकल डाइरेक्टर डां पुरुषोतम जोशी , कर्निया विशेशज्ञ डां ईशा विष्टलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा २७ जनाले आँखा दान गरेका थिए भने उनीहरुलाई सम्मान समेत गरिएको थियो । शुक्रबार समेत आँखा दान कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
कार्यक्रमको सञ्चालन नानी संकलन केन्द्र ईञ्चार्ज पुष्पप्रसाद अधिकारीले गरेका थिए।




















