बिर्तामोड। सरगम संगीतालय बिर्तामोड झापाले बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई अभिनन्दन गरेको छ।
प्रवासमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गजमेरलाई अभिनन्दन गरेको सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीले बताए।
सरगम संगीतालय अभिभावक मञ्चका अध्यक्ष कृष्णप्रसाद मिश्रको अध्यक्षता तथा बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई अभिनन्दन गरिएको थियो ।
सरगम संगीतालयका ज्येष्ठ विद्यार्थी लिला खत्री खतिवडाले बाचन गरेको अभिनन्दन पत्र प्रमुख अतिथी थापालगायतले बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई हस्तान्तरण गरेका थिए भने साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीको रजतवर्ष कृति विशेषाङ्क हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतबद्द गरेका गीत सरगम संगीतालयका कलाकारहरूले गाएका थिए। उनीहरुले गीत गाउँदा ८४ वर्षीय बरिष्ठ संगीतकार रञ्जित गजमेरले ताली बजाउँदै हौसला प्रदान गरिरहेका थिए।
सोही कार्यक्रममा भ्वाइस अफ किड्स सिजन एककी फाइनालिष्ट अनुजा कडरियाको स्वरमा रहेको गीत गून्यू चोली पटुकीको शुभारम्भ गरिएको थियो। वरिष्ठ संगीतकार रञ्जित गजमेरले बटम थिचेर गीतको शुभारम्भ गरेका थिए।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष हस्त परियार, पूर्वाञ्चल कलाकार समाजका झापा अध्यक्ष कृष्ण योञ्जन, सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्स, सप्तक संगीतालयकी सञ्चालक आकृति खतिवडा, सनलाइट संगीत विद्यालयकी हेमा भण्डारी योञ्जन, गोर्खा फाउण्डेसनका अध्यक्ष वीरू दर्नाल, प्रमुख सल्लाहकार नगेन शंकर , गायीका ससिता राई, अनुजा कडरिया, कृष्ण पौड्याल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, चित्रा पौड्याल, कुमार कडरिया , कुमार श्रेष्ठ, तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बरिष्ठ संगीतकार रञ्जित गजमेरले सरगम संगीतालयका बिद्यार्थीहरुको गायकीको प्रशंसा गरेका थिए।
कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोल र लीला खत्रीले गरेका थिए।




















