बिर्तामोड।  नेपालकै सबैभन्दा ठूलो डान्सिङ रियालिटी सो मेरो डान्स युनिभर्समा सहभागी हुने झापाली नृत्य कलाकारहरूलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ।
बिर्तामोडस्थित वाईल्ड स्टेपर्स डान्स स्टुडियोबाट मेरो डान्स युनिभर्समा सहभागी हुने झापाली नृत्य कलाकारहरूलाई विदाई गरिएको हो ।
वाईल्ड स्टेपर्स डान्स स्टुडियोका सञ्चालक अजय चौधरीको अध्यक्षता तथा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वाईल्ड स्टेपर्स डान्स स्टुडियोका सञ्चालक अजय चौधरीले स्वागत तथा औचित्यमाथी प्रकाश पारेका थिए।

उनले बिर्तामोडस्थित वाईल्ड स्टेपर्स डान्स स्टुडियोबाट ३० जनाले मेरो डान्स युनिभर्स अन्तर्गत सामूहिक लोकनृत्यमा मारूनी नृत्यमा सहभागिता जनाउने बताए।
कार्यक्रममा झापा जिल्ला नृत्य कलाकार संघका पूर्व अध्यक्ष एलसी श्रेष्ठ, चलचित्र नृत्य संघ कोशी प्रदेश अध्यक्ष राज सुव्वा लावती,  बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, अभिभावक कृष्ण काफ्लेलगायतले मेरो डान्स युनिभर्स अन्तर्गत सामूहिक लोकनृत्यमा सहभागिता जनाउने वाईल्ड स्टेपर्स डान्स स्टुडियोका नृत्य कलाकारहरूलाई सफलताको अग्रिम शुभकामनासहित विदाई गरेका थिए।  आभास मैनाली र  ईभा श्रेष्ठले नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन नृत्य निर्देशक सौरभ तामाङले गरेका थिए।