बिर्तामोड। झापा घरेलु तथा साना उधोग संघ  महिला समिति बिर्तामोडले राष्ट्रिय धान दिवस तथा सामुहिक दहीच्युरा कार्यक्रम सम्पन्न भएको छ।
झापा घरेलु  तथा साना उधोग  संघ महिला समिति बिर्तामोडकी अध्यक्ष धनु कन्दङ्वा लिम्बूको अध्यक्षता तथा  नेपाल घरेलु  तथा साना उधोग महासंघका कोशी प्रदेश निवर्तमान अध्यक्ष राजेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  वरिष्ठ उपाध्यक्ष जीनाकुमारी तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा झापा घरेलु तथा साना उधोग संघ मूल समितिकी अध्यक्ष आशाकुमारी लिम्बू, झापा घरेलु तथा साना उधोग संघ मूल समिति महासचिव खगेन्द्र प्रसाई, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले शुभकामना दिएका थिए।
सामुहिक दही च्युरा  समेत खुवाइएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव अर्चना बुढाथोकीले गरेकी थिइन्।