बिर्तामोड। झापाको अर्जुनधारा ६ छाताचौकस्थित  व्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुलले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा भर्ना खुल्ला गरेको छ।
  २०५९ सालमा स्थापना गरिएको यस विद्यालयमा कक्षा नर्सरीबाट कक्षा १० सम्म सञ्चालन हुँदै आएको र यसै शैक्षिक सत्रबाट कक्षा ११ को भर्ना खुल्ला गरेको विद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले बताए।
   कक्षा ११ मा होटल म्यानेजमेन्ट,कम्प्युटर साइन्स, ट्राभल्स एण्ड टुरिजम, बिजनेस स्टडीज अध्ययन अध्यापन हुने संस्थापक भाइस प्रिन्सिपल रमेशकुमार नेपालले वताए।
    आफूहरूले  विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउँदै उनले विद्यार्थीलाई खेलकुद र ड्राइभिङ लगायतका सीपमूलक तालिम समेत प्रदान गरिने जानकारी दिए।
सिपमूलक शिक्षा रोजगारीको आधार भन्ने उद्देश्यले स्थापना गरेको विद्यालयमा कक्षा ११ मा सर्वसुलभ दरमा भर्ना शुल्क रहेको विद्यालयका संस्थापक लेखापाल किशोरकुमार पौड्यालले बताए।