बिर्तामोड। झापाको बिर्तामोड १० सैनिक बजारमा सैनिक कलाकेन्द्र सञ्चालनमा आएको छ।
वरिष्ठ नृत्य निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथी प्रकाश पारेका थिए। प्रदेश सरोज ञफनृत्य सिक्न यस क्षेत्रका बासिन्दा बिर्तामोडसम्म जानुपर्ने वाध्यताको अन्त्य गर्न सैनिकबजारमा सैनिक कलाकेन्द्र सञ्चालनमा ल्याएको बताए।
कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष गुरुङ नृत्य निर्देशक संघ झापाका अध्यक्ष अमन गुप्ता, नृत्य कलाकार संघ झापाका अध्यक्ष दिवस गिरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न जातजाति तथा आधुनिक गीतमा नृत्यसमेत प्रस्तुत गरिएको थियो।
सैनिक कलाकेन्द्रमा नृत्य प्रशिक्षक हेम राजवंशी, बिजय लिम्बू, प्रताप सुनुवार, प्रितम सम्वाहाम्फे, सागर राजवंशी, प्रिन्स राजवंशीलगायतले नृत्य प्रशिक्षण गराउने सैनिक कलाकेन्द्रका अध्यक्ष एलसी श्रेष्ठले बताए ।
उनले नेपाली कल्चर, शास्त्रीय, हिपहप, जुम्बा, कन्ट्रेम्परी नृत्य सिकाउनुका साथै स्टेज, म्युजिक भिडियो, चलचित्रमा नृत्य निर्देशन गरिने वताए।
विभिन्न जातजातिको पोशाक तथा गरगहनालगायत भाडामा उपलब्ध गराउने उनको भनाई छ ।
उद्घाटनको दिन नि:शुल्क भर्ना लिइएको वताउंदै उनले एकहप्तासम्म पचास प्रतिशत छुट प्रदान गरिएको उनले बताए।
कार्यक्रमको सञ्चालन नृत्य प्रशिक्षक विक्रम गेलालले गरेका थिए।




















