बिर्तामोड। झापा बिर्तामोड ५ निवासी बाल प्रतिभा स्मयन बजगाईले आफूलाई बिजयी बनाउन भोट गर्न सबैलाई आग्रह गरेका छन् ।
गायन रियालिटी सो द भ्वाइस अफ किड्स सिजन ४ को ब्ल्याईन्ड अडिसन राउन्डमा लोलाएका ती तिम्रा .. गीतमा जादुमयी स्वर दिएर चारै जना कोचहरुको मन जितेर चारै वटा कुर्सी घुमाउँदै ब्याटल राउण्डमा प्रवेश गरेका स्मयन मलाई मेट्न देउ भन्ने भजन सम्राट भक्तराज आचार्यको गीत आफ्नो कर्णप्रिय आवाज मार्फत प्रस्तुत गर्दै उत्कृष्ट प्रस्तुतिका साथ लाइभ राउन्डमा प्रवेश गरेका थिए।
सानै उमेरदेखि संगीतप्रति गहिरो रुचि राख्दै सशक्त गायनको माध्यमबाट अघि बढेका उनी आफ्नो गायन शैली र प्रस्तुति ले चारै जना कोचहरू र दर्शकहरूको मन मस्तिष्क र मुटुमा बस्न सफल भएका छन्।
बिर्तामोड ५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमीमा कक्षा ८ मा अध्ययनरत् उनी सप्तक संगीतालय बिर्तामोडमा गीत संगीत सिकीरहेका छन् । जुनसुकै गीत पनि सहज तरिकाले गाउन सक्ने खुबी भएका उनको गायकी क्षमता पनि प्रशंसा योग्य छ । ब्लाईण्ड र ब्याटल राउन्डमा पनि कोचहरू र दर्शकहरूलाई मन्त्रमुग्ध बनाउन सफल उनी अब अगाडी बढ्न आम भगवानरूपी दर्शकहरूको भोटको आवश्यक परेको बताउँछन्।
आफ्नो गीतीयात्रालाई अगाडि बढाएर आफूलाई बिजयी बनाउन धेरै भन्दा धेरै भोट गर्न सबैलाई उनकोआग्रह छ ।
आफूलाई भोट गर्न नेपालमा हुनेले खल्ती एप डाउनलोड गरेर र बिदेशमा रहनुहुनेले खल्ति.कमबाट भोटिङ गर्न सकिने बताउँदै उनले भने ' मलाई भोट गर्न खल्ती एप डाउनलोड गरेर टिम सत्यमा गइ त्यहाँ स्मयनको भोटिङ कोड १० मा क्लिक गरि बढी भन्दा बढी भोट गर्न सक्नुहुनेछ । '
स्मयनका बुबा मनोज बजगाईंले पनि आफ्नो छोरालाई धेरै भन्दा धेरै भोट दिएर द भ्वाइस अफ किड्स सिजन ४ को बिजेता बनाउन सबैलाई आग्रह गरेका छन् ।




















