बिर्तामोड। बिर्तामोडमा झापा रक स्टार कार्यक्रमको तयारी गरिएको छ ।
अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने कार्यक्रममा झापा जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक सुनिता तामाङले बताइन्। सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सांगीतिक समूहहरूबीच प्रतिस्पर्धात्मक सांगीतिक प्रतियोगिता हुने उनले बताइन्।
  आगामी साउन १० गते पहिलो अडिशन बिर्तामोडको मोक्ष होटलमा हुने र पहिलो चरणबाट दोस्रो चरणमा छनौट भएका टप ३  वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणमा प्रतिस्पर्धा गर्ने उनले बताइन्।
कार्यक्रममा आयोजक समितिका सल्लाहकार कृष्ण योञ्जन, अमृत पौडेल, प्रकाश संग्रौला , लगायतले कार्यक्रम सफल बनाउन लागीपर्ने बताएका थिए।