बिर्तामोड। झापाको बिर्तामोडमा नयाँ साहित्यिक संस्कार शुरू भएको छ। कवीको आँगन शिर्षक दिइएको साहित्यिक कार्यक्रममा १७ जना साहित्यकारहरूले आफ्नो साहित्यिक सिर्जना वाचन गरेका थिए।
बिर्तामोडकी साहित्यकार  तथा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षतामा उनकै निवासमा भएको कार्यक्रममा साहित्यकारहरूले आफ्नो साहित्यिक सिर्जना वाचन गरेका थिए।
कार्यक्रममा भगवति ढुङ्गेल, प्रेमप्रकाश फलाहारी , डिपी शर्मा, तुलसीप्रसाद निरौला, तुलसीप्रसाद भट्टराई, चित्रा पौड्याल, दुर्गाप्रसाद सिग्देल, विन्दू दाहाल मूकदर्शक, हरिप्रसाद रिमाल , जयप्रसाद आचार्य, गोपालप्रसाद दाहाल, ईन्द्रप्रसाद कटुवाल, टीका चापागाई, लक्ष्मीअच्युत ढुंगाना, पुष्पा नेपाल सुवेदी, केशबहादुर राई, जीवनहरी शर्मालगायतले आफ्नो साहित्यिक सिर्जना वाचन गरेका थिए।
साहित्यकार हरिप्रसाद रिमालले समीक्षा गरेको कार्यक्रमको सञ्चालन साहित्यकार तुलसीप्रसाद भट्टराईले गरेका थिए।