बिर्तामोड ।  कञ्चनगढ बाल क्लब बाह्दशी –६ झापाको अध्यक्षमा सेविका श्रेष्ठ चयन भएकी छिन् ।

बाह्दशी –६ झापामा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा  बाल क्लब गठन गरेको हो ।

  नवगठित बाल क्लबको प्रथम उपाध्यक्ष खुसी श्रेष्ठ , द्धितिय उपाध्यक्ष सुप्रिम भेटवाल सचिब दीक्षा तिम्सिना सहसचिवद्वय रश्मी राई र कञ्चन भट्टराई , कोषाध्यक्ष रश्मी कडेल रहेका छन् । 

त्यस्तै सदस्यहरुमा  महेश तामाङ , सन्ध्या लामा , सिम्रन राउत , राजन बस्नेत , कोशिश प्रसाई , सुस्केरा योङहाङ  ,  एन्जल लिम्बु , सागर पुरी , समीप भेटवाल, गुञ्जन तामाङ , सन्जुहाङ  लिम्बु, अन्जुम माबो , अदिति सिटौला , र अनिस तामाङ रहेका छन् । 

त्यस्तै कञ्चनगढ बाल क्लबको संरक्षकमा विद्यालयका संस्थापक  जीवन पनेरु रहेका छन् भने  सल्लाहकारहरुमा  राजकुमार दाहाल , धीरज पनेरु रहेका छन् ।