बिर्तामोड । श्री राधा माधव समिति विर्तामोड – २ चारपानेले विर्तामोड –१ अतिथिसदन रोडमा रहेको शिव पाञ्चायन मन्दिर सरसफाई गरेको छ ।

श्री राधा माधव समिति विर्तामोड – २ चारपानेले डिभाईन युथ क्लव नेपाल विर्तामोड झापासंग सहकार्य गरेर मन्दिर सरसफाई गरेको हो ।

श्रावणको सोमबार भगवान शिवलाई जलार्पण गर्न आउने भक्तजनलाई मध्यनजर गर्दै  मन्दिर सरसफाई गरिएको श्री राधा माधव समिति विर्तामोड – २ चारपानेकी उपाध्यक्ष दुर्गादेवी ढकालले बताइन् ।

उनले वीरता जेसीज सचिवालयसंगै रहेको शिव पाञ्चायन मन्दिर सरसफाईको अभावमा दुर्घन्दीत हुन थालेको महशुस गर्दै आफूले सरसफाईका सामग्री खरिद गरी राधा माधव समिति विर्तामोड – २ चारपानेका साधकहरुको सहभागितामा मन्दिर सरसफाई गरिएको बताइन् ।

आफूहरुले मन्दिर सरसफाई गरेसंगै त्यहाँ आउने भक्तजनहरुले अहिलेसम्मकै सफा मन्दिर बनेको भन्दै  खुशी व्यक्त गरेको उनको भनाई छ ।