बिर्तामोड । झापाको भद्रपुरमा एमएमसी एड व्याटल २०२५ प्रतियोगिताको तयारी गरिएको छ ।

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय वीवीए सेभेन सेमेस्टर मार्केटिङ समूहमा अध्ययनरत् विद्यार्थीहरुको आयोजनामा साउन २३ गते भद्रपुर सगरमाथाचौकस्थित होटल डेग्लोमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी अनुसा भण्डारीले बताइन् ।

एमएमसी एड व्याटल २०२५ प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूलाई व्यावसायिक अभ्यास दिने र उद्योग क्षेत्रलाई युवासँग सशक्त सहकार्य गर्न मिल्ने सेतु निर्माण गर्ने बताउँदै उनले   व्यापार व्यवसाय प्रवद्र्धन गर्न डिजिटल प्रविधीको प्रयोग गर्दै आफ्नो कम्पनि वा उद्योगको एक उच्चस्तरीय सृजनात्मक विज्ञापन निर्माण गरी वजार प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

यस प्रतियोगिताले पछिल्लो समय  युवामा  देखिएको विज्ञापन, ब्रान्डिङ र बजार बुझाइ सम्बन्धी प्रतिभालाई उजागर गर्दे कम्पनि वा उद्यँेगको वजार प्रवद्र्धन गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाई छ ।

यस प्रतियोगिता मार्फत  विद्यार्थीहरूलाई   विज्ञापन निर्माण तथा प्रस्तुतीकरणमा व्यावसायिक दक्षता हासिल गराउने ,उद्योग–  शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्दै रणनीतिक सोचको विकास गर्ने , विभिन्न संकायबीच समन्वय र सृजनशील प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, प्रस्तुतिकला, सार्वजनिक संचार, टोलीकार्य र मार्केटिङ अभिव्यक्तिको व्यवहारिक अभ्यास गराउने र स्थानीय ब्रान्ड रउद्योगप्रति विद्यार्थीकै बौद्धिक दृष्टिकोण सुदृढ गर्न मद्यत पुग्ने भण्डारीले बताइन् । 

 एमएमसी एड व्याटल २०२५ प्रतियोगितामा सहभागीहरूले कम्पनि वा संस्थाको वास्तविक ब्रान्ड प्रयोग गरी सामाजिक तथा व्यावसायिक सन्देशसहितको प्रभावकारी विज्ञापन प्रस्तुति गर्ने बताउँदै उनले यस प्रतियोगिताले उद्योग र कम्पनीहरूलाई समेत प्रत्यक्ष फाइदा पुग्ने जानकारी दिइन् ।

प्रतियोगितामा कम्पनीको नाम, लोगो, स्लोगन पोस्टर, सर्टिफिकेट, डिजिटल सामग्री, व्यानर, पुरस्कार तथा भिडियोहरूमा समावेश गरि कम्पनिको व्राण्ड प्रोमोशन गरिने, विद्यार्थी, शिक्षक, स्थानीय व्यवसायी, अतिथीसहित कार्यक्रमका सहभागीहरूमा कम्पनीको सेवा र उत्पादनको सिधा प्रचारप्रसार गरिने, विज्ञापन अभ्यासमा आफ्नो ब्रान्ड समावेश गराउने अवसर प्राप्त हुने,  कलेज, विद्यार्थी तथा सहभागीहरूले सामाजिक सञ्जालमार्फत कम्पनीको व्यापक डिजिटल प्रचारप्रसार गराउने , उद्योग र कम्पनीहरूलाई भविष्यका मार्केटिङ ट्यालेन्टहरूसँग सञ्जालविस्तार, इन्टर्नशिप र जागिरका अवसर सिर्जना गर्न मिल्ने हुनाले यस प्रतियोगिताबाट उद्योग र कम्पनीहरूले बढीभन्दा बढी लाभ लिनमिल्ने उनले बताइन् ।

यो विज्ञापन निर्माण प्रतियोगिता भएकाले प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थिलाई समेत फाइदा पुग्ने उनको भनाई छ ।

 प्रतियोगिताका बिजेता प्रथमलाई १५ हजार , द्धितियलाई १० हजार र तृतियलाई ५ हजार नगद र प्रमाण पत्र तथा अन्य सहभागीलाई  प्रमाण पत्र  उपलब्ध गराइने उनको भनाई छ ।

 बिर्तामोढमा रहेको सीआईसी एजुकेशन हवले मुख्य प्रायोजन गरेको प्रतियोगितामा १७ जना प्रतियोगिहरुको सहभागिता रहेको उनले बताइन् ।