बिर्तामोड। नेवा : देय् दबू जिल्ला समिति झापाको आयोजनामा गाईजात्रा  उत्सव तथा खुल्ला लाखे प्रतियोगिता सम्पन्न भएको छ।
नेवा: मिसा दबू जिल्ला समिति झापा र नेवा : देय् दबू नगर समिति बिर्तामोडको सहआयोजनामा कार्यक्रम भएको थियो।
    संस्थाका अध्यक्ष यामकुमार श्रेष्ठको अध्यक्षता तथा उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक नेवा : देय् दबू  कोशी प्रदेश निवर्तमान अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले स्वागत गरेका थिए।
     कार्यक्रममा नेवा : देय् दबू  कोशी प्रदेश उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ,नेवा : देय् दबू केन्द्रीय पार्षद गणेशकुमार शाक्य,  नेवा : देय् दबू केन्द्रीय सचिव दिनेश शाक्यलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रम अन्तर्गत भएको गाईजात्रा उत्सवमा १५ जना साहित्यकारहरूले व्यङ्ग्यात्मक साहित्यिक सृजना प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको सहजीकरण साहित्यकार केशव आचार्यले गरेका थिए।
    त्यस्तै खुल्ला लाखे प्रतियोगितामा झापाका १० वटा लाखे टोलीले भाग लिएका थिए।

लाखे प्रतियोगिताको निर्णायक  संयोजक समिर आचाजू र सदस्यहरूमा लक्ष्मी शाक्य र नविनकिशोर टमोट रहेका थिए ।
     लाखे प्रतियोगितामा प्रथम नेवा:देय् दबू
बिर्तामोड,द्वितिय नेवा:पुच खुट्टीडांगी र  तृतिय बाह्दशी ५ लाखे समूह भएको थियो भने अन्य ७ वटा लाखे समूह सान्तवना भएका थिए। 
बिजेता प्रथमलाई नेवा : देय् दबू केन्द्रीय सचिव दिनेश शाक्यले प्रायोजन गरेको नगद १० हजार, द्वितियलाई  नेवा : देय् दबू जिल्ला समिति झापाका अध्यक्ष यामकुमार श्रेष्ठले प्रायोजन गरेको नगद ७ हजार, र तृतियलाई नेवा: मिसा दबू झापा अध्यक्ष तीलरूपा श्रेष्ठले प्रायोजन गरेको ५ हजार र सान्तवनालाई नेवा : देय् दबू झापा उपाध्यक्षद्वय  ईन्द्रकुमार प्रधान, माया प्रधान , सचिव लक्ष्मणज्वयल श्रेष्ठ र कोषाध्यक्ष काजीबहादुर श्रेष्ठले प्रायोजन गरेको पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन  नेवा : देय् दबू जिल्ला समिति झापाका सचिव लक्ष्मणज्वयल श्रेष्ठले गरेका थिए।