बिर्तामोड । कंगारु एजुकेशन फाउण्डेशनले आइतबारदेखि झापाको बिर्तामोडबाट कंगारु एजुकेशन फेयरः अल नेपाल रोड शो शुरु गरेको छ ।
प्लस टु पछि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर झापाको बिर्तामोडमा प्रतिष्ठित कन्सल्टेन्सीको पहिचान बनाउन सफल कंगारु एजुकेशन फाउन्डेसनले बिर्तामोडबाट कंगारु एजुकेशन फेयरः अल नेपाल रोड शो शुरु गरेको कंगारु एजुकेशन फाउण्डेशनका रिजनल एसोसिएट डाइरेक्टर रोषन शाहले बताए ।
कंगारु एजुकेशन फाउण्डेशनको रिजनल अपिस बिर्तामोडमा भएको कंगारु एजुकेशन फेयरः अल नेपाल रोड शोको उद्घाटन कंगारु एजुकेशन फाउण्डेशनका जेनरल म्यानेजर सुवास शर्मा र रिजनल डाइरेक्टर नविन ढुंगानाले गरेका थिए ।
बिर्तामोडस्थित कार्यालयमा भएको कंगारु एजुकेशन फेयरः अल नेपाल रोड शोमा झापाका ५ सय भन्दा वढी विद्यार्थी र अभिभावकहरु सहभागी भएको कंगारु एजुकेशन फाउण्डेशनका रिजनल एसोसिएट डाइरेक्टर रोषन शाहले बताए ।
बिर्तामोडमा भएको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मा अष्ट्रेलिया , न्यूजिल्याण्ड, यूके, क्यानडा, अमेरिका, डेनमार्कका ३० वटा भन्दा वढी कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गरेको उनले बताए ।
रोड शोमा आएका विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उक्त देशमा पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशकै कलेज प्रतिनिधिहरुबाट परामर्श लिएको उनले जानकारी दिए ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपररुन् भनेर आयोजना गरिएको रोड शो को बिर्तामोडमा सफलतापूर्वक पहिलो कार्यक्रम गरिएको र उक्त कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकका कारण आफूहरु आफ्नो उद्धेश्यमा सफल भएको उनले बताए ।
जहाँ विद्यार्थी त्यहीँ जानकारी भन्ने मान्यताका साथ स्थानीय ठाउँमै अष्ट्रेलिया , न्यूजिल्याण्ड, यूके, क्यानडा, अमेरिका, डेनमार्कका ३० वटा भन्दा वढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसगं विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष भेट गराई त्यहाँको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका रिजनल डाइरेक्टर नविन ढुंगानाले बताए ।
रोड शोमा सहभागी सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौटदेखि परिपक्व डकुमेन्टेसन मार्पmत एड्मिसन र भिजाका सम्बन्धमा समेत परामर्श लिएकोे उनको भनाई छ ।
नेपालको विभिन्न भागमा रहेका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याएर त्यस कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी विद्यार्थीले प्राप्त गर्न पाउने अवसर रोड शोले प्रदान गरेको उनले बताए ।
रोड शोमा प्रवेश निःशुल्क रहेको र रोड शोमा सहभागी सबैले विभिन्न खेलमा सहभागिता जनाएको र उनीहरुले लक्की ड्र मार्फत हवाईजहाजको टिकट, फिल्म हेर्ने टिकट, गिफ्ट ह्याम्पर पुरस्कार समेत प्राप्त गरेको उनले बताए ।
कंगारु एजुकेशन फाउण्डेशनले हरेक वर्ष ‘कंगारु एजुकेशन फेयरः अल नेपाल रोड शो ’ गर्दै आएको बताउँदै उनले झापाको बिर्तामोडबाट शुरु भएको रोड शो साउन २६ गते बिराटनगर , साउन २७ गते चितवन , साउन २८ गते पोखरा , साउन २९ गते बुटवल र साउन ३० र ३१ गते काठमाडौंमा उक्त शो समापन हुने कंगारु एजुकेशन फाउण्डेशनका रिजनल एसोसिएट डाइरेक्टर रोषन शाहले बताए ।
कंगारु एजुकेशन फाउण्डेशनका रिजनल जेनरल म्यानेजर गोविन्द श्रेष्ठ, पव्लिक रिलेशन अफिसर राजेश सुवेदीलगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पुष्पलाल धमलाले गरेका थिए ।




















