बिर्तामोड। श्री राधामाधव भजनस्थलीको
आयोजनमा  बिर्तामोडमा ‘श्रीकृष्ण जन्माष्टमी महा उत्सव –२०८२’ गरिने भएको छ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर  आगामी साउन ३१ गते शनिवार  बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा  भक्तिशिद्धान्त दास ब्रह्मचारी र शिद्धस्वरूप दास ब्रह्मचारी विशेष आतिथ्यमा ‘श्रीकृष्ण जन्माष्टमी महा उत्सव –२०८२’ आयोजना गरिएको शान्तीदाता माधवदासले जानकारी दिए।
   कार्यक्रममा शिद्धस्वरूप दास ब्रह्मचारीले साउन ३१ गते शनिवार हुने श्रीकृष्ण जन्माष्टमी महा उत्सव –२०८२’ कार्यक्रमको बारेमा जानकारी गराएका थिए। साउन ३१ गते विहान ७:३० देखि राती १२ बजेसम्म दर्शन आरती र गुरू पूजा, कृष्ण कथा, विश्व शान्ति महायज्ञ, भजन किर्तन, हरेकृष्ण वृत्तचित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम, ब्रह्माचारी भक्तको नाट्य प्रस्तुती, आरती र किर्तन, महाभिशेक, ५६ भोग अर्पण, महाआरती र किर्तन गरिने उनले बताए।
   कार्यक्रममा सहभागी भक्तजनलाई महाप्रसाद बितरण गरिने र झापाका विभिन्न स्थान र भारतका बिभिन्न स्थानबाट भक्तजन सहभागी हुने उनले बताए।
त्यस्तै भदौ १ गते वालाजी मन्दिरको आयोजनामा हुने रथयात्रामा सहभागिता जनाउने उनको भनाई छ।