बिर्तामोड । तपाई तीज कहाँ मनाउनुहुन्छ ? ठूला तारे होटलमा साथीभाईहरु भेला भएर भव्य मदिरा पार्टी गरेर तीज मनाउनु हुन्छ होला । तर इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले भने यसवर्षको तीज अलिक भिन्न तरिकाले मनाएको छ ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले जिल्ला कारागार भद्रपुर झापाका बन्दी महिलाहरुसंग खुशीयाली साटासाट गर्दै उनीहरुलाई अत्यावश्यक सामग्री प्रदान गर्दै तीज मनाएको हो ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले एबीसी नेपालसंग सहकार्य गर्दै जिल्ला कारागार भद्रपुर झापाका बन्दी महिलाहरुसंग खुशीयाली साटासाट गर्दै उनीहरुलाई अत्यावश्यक सामग्री प्रदान गर्दै तीज मनाएको इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना वस्नेतले बताइन् । 

उनले जिल्ला कारागार भद्रपुर झापाका ७५ जना बन्दी महिलालाई दर खुवाउनुका साथै उनीहरुलाई १ थान सिलाई मेसिन,१ थान वाल पंखा, ७५ थान साडी , ३ हजार पिस सेनेटरी प्याड, थान कपडा ५० मिटर,किताब गरी जम्मा ५० हजार मूल्य बराबरको सामान उपलब्ध गराइएको जानकारी दिइन् ।

पछिल्लो समय तीजलाई तडकभडक तरीकाले फजुल खर्च गरी मनाउने प्रचलन बढेकाले यसले समाजमा नकारात्मक सन्देश फैलाएकाले त्यसलाई निरुत्साहित गर्दै तीजमा गरिने फजुल खर्चले सामाजिक कार्य गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरुले यस्तो कार्य गरेको उनले बताइन् । 

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट लुना वस्नेतको अध्यक्षता तथा  भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला , कारागार प्रमुख  रेवन्त भट्ट्राई , प्रशासन प्रमुख बिनोद आचार्य ,एबीसी नेपालकी अध्यक्ष कन्चना ढकाल सिटौला ,एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, महिला बन्दी गृहकी आन्तरिक प्रशासन प्रमुख रिता राई ,इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी इमिडेट पास्ट प्रेसिडेन्ट जुनु विमली उप्रेती, लगायतले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले गरेको कार्यको प्रशंसा गरेका थिए ।

इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी मिडिया इडिटर मुनमुन अग्रवाल, मेम्वरहरु पुजा कलेक्सनकी पुजा अग्रवाल , रिचा अग्रवाल, रेनु शर्मा , र युवा व्यवसायी बिपिन बस्नेतले उपलव्ध गराएको ती सामग्री बन्दी महिलाहरुलाई प्रदान गरिएको इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी मेम्वर निशा गिरी टीकाले जानकारी दिइन् । 

कार्यक्रमको संचालन इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी  कमला पौडेलले गरेकी थिइन् ।