बिर्तामोड। मेरो भ्वाइस युनिभर्स सिजन टु को फाइनालिष्ट झापा बुद्धशान्ती निवासी प्रशान्त पोखरेललाई बिजयी बनाउन भोट गरिदिन प्रशान्त पोखरेल जिताऔं अभियानले आग्रह गरेको छ।
प्रशान्त पोखरेल जिताऔं अभियानका अध्यक्ष मदन प्रसाईले प्रशान्त पोखरेल बुद्धशान्तीकै गहना भएकाले सबैले भोट गरेर जिताइदिन आग्रह समेत गरे।
उनले प्रशान्त पोखरेललाई बिजयी बनाउन ११ सदस्यीय प्रशान्त पोखरेल जिताऔं अभियान गठन गरेको बताए।
प्रशान्त पोखरेल जिताऔं अभियानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धआदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले स्वागत गरेका थिए। उनले गायक पोखरेललाई बुद्धआदर्श माविको तर्फबाट स्वागत सम्मान गरी सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा प्रशान्त पोखरेल जिताऔं अभियानका सचिव धरणी पोखरेलले औचित्यमाथी प्रकाश पार्दै गायक प्रशान्त पोखरेललाई मेरो भ्वाइस युनिभर्स सिजन टुको बिजयी बनाउन सबै एकजुट भएर लागीपर्ने बताए।
कार्यक्रममा प्रशान्त पोखरेलका संगीत प्रशिक्षक सप्तक संगीत विद्यालयका संगीत गुरू सरोज वत्सले प्रशान्त सप्तकको मेधावी विद्यार्थी भएको बताउँदै उनलाई जिताइदिन भोट दिन सबैलाई आग्रह गरे।
कार्यक्रममा अभियानका सल्लाहकार संयोजक चन्द्र भण्डारीले गायक प्रशान्त पोखरेल बुद्धशान्तीको मात्र नभएर झापाकै गहना भएकाले उनलाई जिताउनु झापावासीको कर्तव्य भएकाले प्रशान्तलाई भोट दिएर जिताइदिन आग्रह गरे।
मेरो भ्वाइस युनिभर्स सिजन टु को फाइनालिष्ट प्रशान्त पोखरेलले आफू सम्पूर्ण दर्शक श्रोताको भोटले फाइनलसम्म आईपुगेको बताउँदै अब आफूलाई बिजयी बनाउन सबैले भोट दिन आग्रह समेत गरे।
कार्यक्रममा मेरो भ्वाइस युनिभर्स सिजन टु का टप १० का अभिजित अधिकारीले आफू मेरो भ्वाइस युनिभर्स सिजन टु को टप १० सम्म पुगेको तर आफ्नो साथी प्रशान्त पोखरेल फाइनलमा पुगेकाले उनलाई बिजयी बनाउन धेरैभन्दा धेरै भोट गर्न सबैलाई आग्रह गरे।
प्रशान्त पोखरेलका पिता युवराज पोखरेल, माता टीका पोखरेलले पनि छोरालाई जिताइदिन सबैलाई आग्रह गरे।
यसअघि मेरो भ्वाइस युनिभर्स सिजन टु को फाइनालिष्ट झापा बुद्धशान्ती निवासी प्रशान्त पोखरेललाई बुद्धशान्ती गाउँपालिकाले स्वागत सम्मान गरेको बुद्धशान्ती गाउँपालिका अध्यक्ष सचिवालय प्रमुख गोकुल पौडेलले जानकारी दिए। कार्यक्रमको सञ्चालन प्रशान्त पोखरेल जिताऔं अभियानका सञ्चार संयोजक रोषन भट्टराईले गरेका थिए।




















