बिर्तामोड । नेपाल अलैची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा पाँचथर फिदिमका युवा अलैंची व्यवसायी  दीपक नेपाल निर्विरोध निर्वाचित भएका छन्।

नेपाल अलैची व्यवसायी महासंघ केन्द्रीय समितिको बिर्तामोडमा सम्पन्न  नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट आगामी तीन बर्षे  कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अलैची व्यवसायीमाझ लोकप्रिय मानिएका नेपाल यसअघि नेपाल अलैची व्यवसायी महासंघको  संस्थापक द्धितीय उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष समेत हुन्।

त्यसै गरी नेपाल अलैची व्यवसायी महासंघको नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद चिमरिया ,  उपाध्यक्षमा सुजित वंशल, मातृका घिमिरे र महिला उपाध्यक्षमा कुसुम दाहाल , महासचिवमा प्रज्वल बिमली , सचिवमा सजिंव घिमिरे र प्रेमकुमार राई ,  कोषाध्यक्षमा रामकृष्ण बिष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रुद्र भुर्तेलले जानकारी दिए।

त्यसैगरी नेपाल अलैची व्यवसायी महासंघका नवनिर्वाचित सदस्यहरूमा कुमार थापा, अमृत बहादुर सुवेदी, छेदेन वाङदेन शेर्पा, मुकेश अग्रवाल, रामकृष्ण अधिकारी, यादव प्रसाद सुवेदी, लोचन शिवाकोटी ,तिलक पाण्डे, नीलकुमार पोदार, कुमार श्रेष्ठ,पासाङ निम्मा शेर्पा, भरत उप्रेती, सोचन शिवाकोटी ,खगेन्द्र बास्तोला निरज अधिकारी, इन्द्रकुमार तामाङ, गणेश पौडेल रहेका छन् भने  महिला सदस्यहरूमा माया गुरुङ, सुमित्रा भट्टराई ,संगीता चिमरिया निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाल अलैची व्यवसायी महासंघका नवनिर्वाचित खुल्ला सदस्यहरूमा राजकुमार सापकोटा, रविन्द्र खड्का , डिल्ली कुमार न्यौपाने, नरेश कुमार अग्रवाल, शत्रुघन चौधरी रहेका छन् भने कोशी प्रदेश संयोजकमा बालमणि बराल र बागमती प्रदेश संयोजकमा धनपति पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिको संयोजक रुद्र भुर्तेल , सदस्यहरु रोहित काफ्ले , अनिल ढुंगानालगायतले  निर्वाचित कार्यसमिति तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुका साथै खादामाला लगाएर बधाई ज्ञापन गरेका थिए भने  निवर्तमान अध्यक्ष निर्मल भट्टराई लगायतले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

नेपाल अलैची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित  दीपक नेपालले अलैंची व्यवसायीको हक, हित र अधिकारका लागी आफू लागीपर्ने बताए । उनले अलैंचीमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता समेत जनाए ।