बिर्तामोड। झापाको बिर्तामोडमा यहाॅ छ नामक नयाॅ एप सञ्चालनमा आएको छ।
  संस्थाका सञ्चालक रबी चापागाईंको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
   रुटडेभ्स सफ्टवेयर डेभलपमेन्टले बजारमा ल्याएको यहाॅ छ नामक एप नेपालकै पहिलो फ्रिलान्सर प्लेटफर्म भएको सञ्चालक नविन भण्डारीले बताए।
कार्यक्रममा अर्का सञ्चालक रविन थापाले यहाॅ छ नामक नयाॅ एप सञ्चालनको उद्देश्य र फाइदा,बेफाइदाबारे जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, रूपडेभ्स बङ्गलादेशका सिइओ इलास खान, सिम्रिक साकोस अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामलगायतले एप सञ्चालनमा ल्याएकोमा शुभकामना दिंदै यसको भरपूर उपयोग गर्न  सबैलाई आग्रह गरेका थिए।
   कार्यक्रममा यहाॅ छ नामक नयाॅ एप सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै युवा ढुवानी पदम श्रेष्ठलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए।